२१ जेठ २०८३, बिहीबार

सस्तो दरमा अमेरिकी डलर साट्ने प्रलोभन देखाएर ठगी गर्ने २ जना पक्राउ

सस्तो दरमा अमेरिकी डलर साट्ने प्रलोभन देखाएर ठगी गर्ने २ जना पक्राउ
प्रतिकात्मक तस्वीर

नेपाल प्रहरीले सस्तो दरमा अमेरिकी डलर साटिदिने प्रलोभन देखाएर ठगी गर्ने २ जनालाई पक्राउ गरेको छ ।

प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सस्तो दरमा अमेरिकी डलर साटिदिने प्रलोभन देखाएर शृंखलाबद्ध ठगी गर्ने सिन्धुपाल्चोक बाह्रबिसेका ३२ वर्षीय सञ्जय तामाङ र सोही स्थानका ३१ वर्षीय विष्णु तामाङलाई पक्राउ गरी मंगलवार सार्वजनिक गरेको हो ।

उनीहरूलाई १५ लाख रुपैयाँ बराबरको अमेरिकी डलर साट्न लागेको अवस्थामा काठमाडौंको टोखा नगरपालिकास्थित युनिक कोलोनीबाट पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

पक्राउ परेका उनीहरूले पीडित व्यक्तिलाई पटक–पटक फोनमार्फत सम्पर्क गरी अवैध अमेरिकी डलर रहेको र सस्तो दररेटमा साटिदिने प्रलोभनमा पारी सटही गर्ने बहानामा पैसा लिएर उपत्यकाका विभिन्न स्थानमा बोलाई लाखौं रुपैयाँ लुटपाट गरेको अनुसन्धानमा खुलेको छ ।

पक्राउ उनीहरूलाई ठगी एवं विदेशी विनिमय ऐनअन्तर्गत मुद्दामा थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि प्रहरी वृत्त बौद्ध पठाएको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्