
जनमत पार्टीले समानुपातिक तर्फ भाग लिने राजनीतिक दलको रूपमा निर्वाचन आयोगमा निवेदन दर्ता गराएको छ।
डा. सीके राउत नेतृत्वको जनमत पार्टीले समानुपातिक तर्फपनि पहिलो नम्बरमै दल दर्ता गराएको छ। पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष)तर्फपनि जनमतले पहिलो नम्बरमा दल दर्ता गराएको थियो ।
निर्वाचन आयोगले आज शुक्रवार देखि समानुपातिक तर्फ भाग लिन चाहने राजनीतिक दलहरूको निवेदन लिन सुरु गरेको हो।
भदौ १२ गते सम्म राजनीतिक दलहरूले समानुपातिक तर्फको लागि मनोनयन दर्ता गर्न निवेदन दिनुपर्ने निर्वाचन आयोगले म्याद तोकेको छ।