
आफ्नै ज्वाइँलाई सिध्याउनका लागि १ लाखको सुपारी दिने सञ्जय लामा उर्फ ‘झिङ्गे’ नेपाली कांग्रेसको भ्रातृ संगठन तरुण दलको सिन्धुपाल्चोकका अध्यक्षमा निर्वाचित भएका छन् ।

झिङ्गेले सिन्धुपाल्चोककै आयुष तामाङलाई सुपारी दिएर आफ्नै ज्वाइँ जुगण गाउँपालिका–३ का पासलाल तामाङमाथि खुकुरी प्रहरी गर्न लगाएको भिडियोसहितको समाचार २०७८ माघ १७ गते लोकान्तरले प्रकाशन गरेको थियो ।

असोज ७ गते पासलाललाई खुकुरी प्रहार गरेर आयुष फरार भएका थिए । उनको खुकुरी प्रहारपछि गम्भीर घाइते पासलाललाई हेलिकप्टरबाट उद्धार गरी उपचार गरिएको थियो ।
आयुषले झिङ्गेको निर्देशनमा खुकुरी प्रहार गरेपछि उनकै संरक्षणमा पोखरामा बस्दै आएको भिडियोमा बताएका थिए ।