×

NMB BANK
NIC ASIA

गैर आवासीय नेपालीको ज्ञान, सीप र पुँजीलाई नेपाल भित्र्याउन वरिष्ठ उपाध्यक्ष ढकालको आग्रह

भदौ ११, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले विदेशमा रहेका नेपालीहरूले आर्जन गरेको ज्ञान, सीप र पुँजीलाई नेपालको विकास र सम्मृद्धिमा प्रयोग गर्न आग्रह गरेका छन् । शनिवारदेखि थाइल्याण्डको राजधानी बैंककमा शुरू भएको गैर आवासीय नेपाली संघको एशिया प्रशान्त क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले भने, ‘नेपालमा लगानीको वातावरण छ । यहाँ अनगिन्ती अवसरहरू छन् । प्रकृतिले हामीलाई संसारकै धनी बनाइदिएको छ । त्यसैले अहिले जहाँ जेसुकै काममा रहेका भए पनि भोलिको सन्ततिका लागि हामीले हाम्रै घर बनाउनुपर्छ । त्यसका लागि हामीले विदेशी माटोमा आर्जन गरेका ज्ञान, सिप र पुँजी हाम्रै नेपाली आमाका लागि खर्चिनुपर्छ ।’

Muktinath Bank

ढकालले संकटमा सबैलाई आफ्नो जन्मस्थानको चिन्ता र चाँसो रहने हुँदा अहिलेदेखि नै नेपालको विकास, सम्मृद्धि र समुन्नतिका लागि काम गर्न आह्वान गरे । ‘कोरोना महामारीको पहिलो लहरका बेला हामी अब त संसार नै सखापै हुन्छ कि भन्ने त्रासमा थियौँ । त्यतिबेला विभिन्न कारणले विदेशमा रहेका कैयौँ नेपालीहरू घर फर्किने भनेर नेपाल फर्किनुभएको थियो । ती दृष्टान्तहरू देख्दा सुन्दा लाग्थ्यो हामी अहिले जहाँ जुन रुपमा भए पनि हाम्रो घर भनेको नेपाल नै रहेछ । आफ्नो जन्मस्थान नै सबैको प्यारो हुने रहेछ,’ उनले भने । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

गैर आवासीय नेपालीहरूले आर्जन गरेको ज्ञान, सीप तथा पुँजीको ठूलो महत्व रहने बताउँदै ढकालले त्यसको केही प्रतिशत भए पनि अहिलेदेखि आफ्नो जन्मस्थानको विकास र सम्मृद्धिमा प्रयोग गर्न आग्रह गरे । ‘हामीले जुन सीप वा प्रविधि सिकिरहेका छौँ त्यसलाई पनि हाम्रो देशको विकासमा लगाउँ । संसारको कुनाकाप्चमा पुगेर हामीले प्राप्त गरेको सीप या प्रविधिलाई हाम्रो देशको विकासमा लगाउँ । यसले मुलुकको काचुली फेर्न सघाउ पु¥याउँछ । सम्मृद्धि हासिल गर्न सघाउँछ’, उनले भने ।  


Advertisment
Nabil box
Kumari

गैर आवासीय नेपाली र नेपाल उद्योग वाणिज्य महासंघको पारिवारिक सम्बन्ध रहेको बताउँदै ढकालले गैर आवासीय नेपालीहरूले नेपालमा लगानी गर्न चाहेमा महासंघको तर्फबाट सहजीकरण गर्न आफूहरू तयार रहेको बताए । 
 

Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

कात्तिक २८, २०८०

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...

चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x