२२ असार २०८३, सोमबार

एमाले केन्द्रीय कमिटी बैठकमा समूहगत प्रस्तुति

एमाले केन्द्रीय कमिटी बैठकमा समूहगत प्रस्तुति

नेकपा (एमाले)को केन्द्रीय कमिटी बैठकमा समूहगत प्रस्तुति शुरु भएको छ । ललितपुरको च्यासलस्थित एमाले मुख्यालयमा शुक्रवारदेखि जारी बैठकको दोस्रो दिन समूहगत छलफलको निष्कर्ष सुनाउने क्रम शुरु भएको हो । 

एमाले प्रचार तथा प्रकाशन विभाग उपप्रमुख विष्णु रिजालले बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदनमाथि समूहगत छलफलबाट निस्केको निष्कर्षको प्रस्तुति गरिरहेको जानकारी दिए । पहिलो दिनको बैठकमा प्रतिवेदनमाथि समूहगत छलफल गर्न १० वटा समूह बनाइएको थियो । अहिले समूहका नेताहरूले प्रतिवेदनमाथि समूहगत निष्कर्ष प्रस्तुत गरिरहेका छन् । 

समूहगत छलफलका लागि प्रदेश १, मधेस प्रदेश, बागमती प्रदेशसहित सम्पर्क समन्वय, उपत्यका विशेष, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश, जनसङ्गठन तथा प्रवास र केन्द्रीय विभागमा विभाजन गरिएको छ । समूहगत छलफलपछि आएको सुझावको आधारमा शनिवार नै अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदन पारित गरेर बैठक सकिने उपप्रमुख रिजालले जानकारी दिए ।
 

salt training

कमेन्ट गर्नुहोस्