२१ असार २०८३, आइतबार

बाढीपहिरोबाट विस्थापित १५२ घरधुरीलाई पुनःस्थापना गर्न सिफारिस

बाढीपहिरोबाट विस्थापित १५२ घरधुरीलाई पुनःस्थापना गर्न सिफारिस
प्रतिकात्मक तस्वीर

जिल्ला विपद् व्यवस्थापन समिति ताप्लेजुङले जिल्लाका १५२ घर परिवारलाई पुनःस्थापनाका लागि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणसमक्ष सिफारिस गरेको छ ।

बाढी र पहिरोबाट विस्थापितलाई पुनःस्थापनाका लागि समितिले सिफारिस गरेको हो ।

सिरिजङ्गा गाउँपालिकामा ११७ र सिदिङ्वा गाउँपालिकामा ३५ घरधुरीपरिवारलाई पुनःस्थापनाका लागि प्राधिकरणसमक्ष सिफारिस गरिएको समिति संयोजक एवं प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलले बताए । सिरिजङ्गा र सिदिङ्वा गाउँपालिकाका विभिन्न गाउँमा गत असार २४ गते गएको बाढी र पहिरोबाट ती घरपरिवार विस्थापित भएका थिए । 

गत साउन १८ गते सिरिजङ्गा र सिदिङ्वाले असार २४ गते बाढी र पहिरोबाट विस्थापित भएकाको पुनःस्थापनाका लागि जिल्ला विपद् व्यवस्थापन समितिसमक्ष पत्र पठाएका थिए ।  

बाढी पहिरोबाट विस्थापित केही परिवार अहिले आफ्ना आफन्तको घरमा बसेको र केही परिवारले भने टहरा बनाएर बस्दै आएका जनाइएको छ । सिरिजङ्गा गाउँपालिकाका उपाध्यक्ष चित्र माबोले भने, ‘बाढी पहिरोबाट विस्थापितलाई पुनः स्थापना गर्न संघीय तथा प्रदेश सरकारले ध्यान दिनुपर्छ ।’

कमेन्ट गर्नुहोस्