३० असार २०८३, मंगलबार

इलाम २ बाट सुवास नेम्वाङको एकल नाम सिफारिस

इलाम २ बाट सुवास नेम्वाङको एकल नाम सिफारिस

इलाम क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवारको रूपमा नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको एकल नाम सिफारिस भएको छ । आगामी मङ्सिर ४ मा हुने निर्वाचनका लागि एमालेले उनको मात्रै नाम सिफारिस गरेको हो । 

नेम्वाङले इलामबाट २०४८ सालयता लगातार चुनाव जित्दै आएका छन् । उनी दुई पटक संविधानसभाको अध्यक्ष पनि भएका छन् । ०६४ सालको संविधानसभा निर्वाचन, ०७० को दोस्रो संविधानसभाको निर्वाचनमा पनि सोही निर्वाचन क्षेत्रबाट विजयी बनेका थिए ।

नेम्वाङ ०७४ को संसदीय निर्वाचनमा माओवादी र एमालेबिचको गठबन्धनबाट विजयी बनेका थिए । उनले त्यस बेला ३६ हजार ५१७ मत ल्याएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका केशव थापाले २६ हजार ८६५ मत ल्याएका थिए । 

सो क्षेत्रमा कांग्रेसमा केशव थापा र भेषराज आचार्य उम्मेदवारका लागि चर्चामा छन् । यस्तै कांग्रेसका इलाम जिल्ला सभापति डम्बर खड्का पनि टिकटका लागि लबिङमा रहेका छन् ।
 

salt training

कमेन्ट गर्नुहोस्