०८ असार २०८३, सोमबार

मापसे गरेर बाइक चलाउने चेल्सीका विद्यार्थीलाई कारबाही

मापसे गरेर बाइक चलाउने चेल्सीका विद्यार्थीलाई कारबाही
फाइल तस्वीर

स्कुल तथा कलेजका विद्यार्थीको सुरक्षालक्षित चेकिङअन्तर्गत सोमवार मादक पदार्थ सेवन गरी सवारी साधन चलाउँदै गरेका १ जना विद्यार्थीसहित ५१ जना चालकलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ ।

काठमाडौं उपत्यकाका विभिन्न स्थानमा सोमवार बिहान गरिएको चेकिङमा सवारी चालक अनुमति पत्र प्राप्त नगरेका २८ जना, कागजपत्र साथमा नभएका २१ जना, ३ जना सवार एउटा सवारीसहित र मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने १ जना गरी ५१ जना विद्यार्थी चालकलाई कारवाही गरिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरिक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिए । 

उनका अनुसार नयाँबानेश्वको चेल्सी इन्टरनेशनल एकेडेमीमा प्लस टु पढ्दै गरेका २१ वर्षीय एक विद्यार्थी लाई चेकिङ गर्दा मदिरा सेवन गरेर सवारी चलाएको भेटिएको छ । उनले बाग्मति प्रदेश ०२–०२३प ७३ ८६ नम्बरको मोटरसाइकल चलाएको पाइएपछि ट्राफिक प्रहरीले काठमाडौंको दरबारमार्गबाट कारबाही गरेको हो ।

साउन ३० गतेबाट शुरू भएको  कलेजका विद्यार्थी सुरक्षालक्षित चेकिङ अभियानमा हाल सम्म १ हजार ८२ जना विद्यार्थी चालकलाई ट्राफिक प्रहरीले विभिन्न कसूरमा कारबाही गरेको ट्राफिक कार्यालयले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्