×

NMB BANK
NIC ASIA

अदालत

के आधारमा भयो पल शाहमाथि साढे २ वर्ष कैद सजायको फैसला ?

यसकारण बलात्कार मुद्दामा सफाइ

भदौ २१, २०७९

NTC
Premier Steels

नवलपुर जिल्ला अदालतले नायक पल शाहलाई बाल यौन दुरुपयोगको अपराधमा २ वर्ष ६ महिना कैद सजायको फैसला गरेको छ। जिल्ला न्यायाधीश यज्ञ प्रसाद आचार्यको इजलासले मंगलबार शाहलाई २५ हजार रुपैयाँ जरिवाना र पीडितलाई १० लाख रुपैयाँ क्षतिपूर्ति भराउने समेत फैसला सुनाएको हो।

Muktinath Bank

काठमाडौंको मध्य बानेश्वरस्थित होटलमा भएको संवादको अडियो आफ्नो स्वीकारेको तथा सुटिङबाट थाकेर आएपछि रक्सी सेवन गरी नाबालिगको कोठामा गएको बयान दिएकाले  बाल यौन दुरुपयोग भएको ठहर गर्दै उक्त कसूरमा सजाय गरिएको फैसलामा उल्लेख छ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मिडियामा आएको प्रतिवादी शाहको अभिव्यक्तिलाई पनि फैसलामा दोषी ठहर गर्ने आधार बनाइएको छ ।  नाबालिग राखेर यौनजन्य कुरा गर्नु पनि बाल यौन दुरुपयोग हुने भएकाले कसुर ठहर गरिएको फैसलामा उल्लेख छ।   


Advertisment
Nabil box
Kumari

यसकारण बलात्कार मुद्दामा सफाइ

Vianet communication

प्रमाण नपुगेको भन्दै शाहलाई बलात्कार मुद्दामा भने सफाइ दिइएको छ। अर्काको उक्साहटमा जाहेरी दिएको तर जबरजस्ती करणी नभएको भनी जाहेरवालाले बयान दिएको आधारमा सफाइ दिइएको हो। त्यसबाहेक १ वर्षपछि गराइएको स्वास्थ्य परीक्षण प्रतिवेदन(मेडिकल रिपोर्ट)मा ‘हाइमेन ओल्ड टियर’ मात्र लेखिएको उल्लेख छ। मेडिकल रिपोर्टमा ‘हाइमन’मा दाग मात्र देखिने र ‘सेभेन ओ क्लक’ तथा ‘फाइभ ओ क्लक’मा पुरानो दाग देखिएको उल्लेख गरिएको छ। दाग किन देखियो भनेर चिकित्सकलाई अदालतमा बोलाउँदा साइकल चलाउँदा, गेम खेल्दा, फुटबल खेल्दा, रुख चढ्दा र यौन सम्पर्क गर्दा पनि ‘हाइमन’ च्यातिन सक्ने भनेर बयान दिएको फैसलामा उल्लेख छ।

स्वयं पीडितले पनि आफूले साइकल चलाउने, रुख चढ्ने र फुटबल पनि खेल्ने जस्ता कार्य गरेको भनेर दिएको बयानको आधारमा पनि सफाइ दिइएको फैसलामा उल्लेख छ।

 पीडितले नै बलात्कार नभएको भनी बयान दिएको तथा हाइमनमा दाग अन्य कारणले हुनसक्ने देखिएपछि बलात्कार नै भएको हो भनेर पुष्टि हुनसक्ने आधार तथा प्रमाण नदेखिएको फैसलामा उल्लेख छ ।

त्यसैगरी मौका वारदातमा कागज गर्नेहरू तथा वस्तुस्थिति मुचुल्कामा समेत कागज गर्नेहरूले मिडियामा आएको समाचारको आधारमा कागज गरिदिएको, बलात्कार भएको आफूले नहेरेको भनी दिएको बयानको आधारमा पनि शाहलाई बलात्कार मुद्दामा सफाइ दिइएको हो।

मिसिल संलग्न प्रमाणको आधारमा फैसला गर्नुपर्ने हुँदा बलात्कार मुद्दाबाट सफाइ दिईएको फैसलामा उल्लेख छ।

 अभिभावक तथा मिडियालाई सचेत गराइयो

न्यायाधीश आचार्यले पीडित नाबालिगको अभिभावकलाई  गराएका छन्। अभिभावकले आफ्नो जिम्मेवारी बहन गर्न नसकेको र नाबालिकालाई एक्लै छाडेकाले अब आइन्दा त्यस्तो नगर्न सचेत गराइएको छ। त्यसैगरी यस्तो संवेदनशील विषयमा मिडिया ट्रायल गर्ने, गोपनीयता कायम नराख्ने, आफ्नै किसिमले फैसला गर्दै  समाजमा भ्रम छर्ने, अफवाह फैलाउने काम भएको भन्दै अदालतले मिडियालाई सचेत गराएको छ। जनताको सूचनाको हक भएपनि संवेदनशील विषयमा संवेदनशील भएर समाचार सम्प्रेषण गर्नुपर्ने फैसलामा उल्लेख छ।

नवलपुर जिल्ला अदालतको फैसला आएपनि शाहको मुद्दा तनहुँ जिल्ला अदालतमा विचाराधीन नै छ । बलात्कार मुद्दामा तनहु र नवलपरासीमा शाहविरुद्ध जाहेरी परेको थियो । जाहेरीपछि उनी पक्राउ परेका थिए । 

hAMROPATRO BELOW NEWS
TATA Below
बैशाख १९, २०८१

महेन्द्रनगर– दुईतिर भारतको सीमा जोडिएको कञ्चनपुरमा सशस्त्र प्रहरी बलले अवैध ढङ्गले ल्याइएका रु ८८ लाख बराबरका सामान नियन्त्रणमा लिएको छ । महेन्द्रनगरस्थित सशस्त्र प्रहरी बल नंं ३५ गणका अनुसार गत फागुनपछि ...

चैत २, २०८०

त्रिभुवन विमानस्थल भन्सार बाहिरबाट गत साउन २ गते समातिएको झण्डै ६१ केजी सुन तस्करीमा संलग्न विचौलिया जीवन चलाउनेले प्रहरी हिरासतबाट छुट्न ६० लाखको बार्गेनिङ भएको छानबिन समितिलाई बयान दिएका छन् । ३० लाख रुपैय...

बैशाख ३०, २०८१

नक्कली भुटानी शरणार्थी प्रकरणमा उच्च अदालत पाटनबाट धरौटीमा रिहा भएका पूर्व गृहमन्त्री बालकृष्ण खाणविरुद्ध महान्यायाधिवक्ता कार्यालयले अझैसम्म सर्वोच्च अदालतमा निवेदन दिएको छैन । काठमाडौं जिल्ला अदालतले खाणलाई थ...

माघ ३, २०८०

राष्ट्रिय सतर्कता केन्द्रको परिपत्रविपरीत कर्मचारीको कोटामा खानेपानीमन्त्री महिन्द्र राय यादवका छोरा सुनिल अधिकारी यादव विदेश भ्रमणमा गएका छन् । मन्त्री यादवका छोरा सुनिल भारतको उडिसा प्रदेशमा कर्मचारीको कोटामा ...

असोज १९, २०८०

ने​पालगञ्जका चेतन मानन्धरलाई नियन्त्रणमा लिएर खुँडा प्रहार गरी हत्या गरेको अभियोगमा जन्मकैदको सजाय भुक्तान गरिरहेका रिगल भनिने गुण्डानाइके योगराज ढकालले संविधान दिवस (असोज)का अवसरमा आममाफी पाएको विषयमा...

बैशाख १३, २०८१

स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवका छोरा अमरेन्द्र यादवले मन्त्रालयमा 'छायाँ मन्त्री'को झल्को दिनेगरी काम गरिरहेको चर्चा हुन थालेको छ । मन्त्री यादवले गर्नुपर्ने कामसमेत स्वकीय सचिवको रूपमा रहेका ...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x