२२ असार २०८३, सोमबार

सामुदायिक पुस्तकालय सङ्घमा नयाँ नेतृत्व

सामुदायिक पुस्तकालय सङ्घमा नयाँ नेतृत्व

देशभरका सामुदायिक पुस्तकालयको छाता सङ्गठन नेपाल सामुदायिक पुस्तकालय सङ्घको यहाँ सम्पन्न १३औँ वार्षिक साधारणसभा तथा चौथो अधिवेशनले  सन्तोष रावलको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ ।

सर्वसम्वत रुपमा चयन भएको समितिको वरिष्ठ उपाध्यक्षमा भरत खड्का र  महासचिवमा राजेन्द्रप्रसाद पाण्डेय रहेका छन् । 

प्रदेश उपाध्यक्षहरुमा क्रमशः प्रदेश १ बाट भीमकुमारी रावत, मधेस प्रदेशबाट भरत गिरी, बागमती प्रदेशबाट सुजता विष्ट, गण्डकी प्रदेशबाट लीला भण्डारी, लुम्बिनी प्रदेशबाट चेतकान्त भट्टराई र सुदूरपश्चिमबाट ज्ञानुराज विनाडी चयन भएका छन् ।

यसैगरी सचिवमा बालकृष्ण थपलिया, कोषाध्यक्षमा सागर मिश्र, सदस्यहरुमा लवहरि दाहाल, खड्गनारायण चौधरी, गङ्गा ढकाल, माधव भण्डारी, गोविन्द शर्मा, प्रतिक्षा चौधरी र पुष्पराज जोशी चयन भनेका छन् । रासस

salt training

कमेन्ट गर्नुहोस्