
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आगामी प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले १०० भन्दा कम सिट स्वीकार गर्न नहुने बताएका छन् ।
बुधवार जनकपुरधाम विमानस्थलमा पत्रकारहरूसँग संक्षिप्त कुराकानी गर्दै सत्ता गठबन्धनमा सहभागी अन्य दलसँग सहमति गरी नेपाली कांग्रेसले १०० सिट लिन पहल गर्नुपर्ने बताए ।
नेता कोइरालाले गठबन्धनभित्र सहमति हुन अझै बाँकी रहेकाले प्रतिनिधि सभाको सिट बाँडफाँट भइसकेपछि प्रदेश सभाको सिट बाँडफाँटमा कुराकानी हुने बताए ।