
प्रधानसेनापति प्रभुराम शर्माको निमन्त्रणमा नेपालको पाँचदिने औपचारिक भ्रमणमा रहेका भारतीय स्थल सेनाध्यक्ष जनरल मनोज पाण्डेले आज काठमाडौँको वसन्तपुरस्थित दरबार स्क्वायरको अवलोकन भ्रमण गरेका छन् ।
त्यसअघि उनले बिहान पोखरास्थित सेनाको मध्य कमाण्ड हेडक्वार्टरको निरीक्षण भ्रमण गरी त्यहाँ आयोजित एक समारोहमा सरिक भएका थिए । यसअघि सोमबार उनले राष्ट्रपति विद्यादेवी भण्डारीबाट नेपाली सेनाको मानार्थ महारथी दर्जा प्राप्त गरेका थिए । मङ्गलबार प्रधानमन्त्री शेरबहादुर देउवासँग उनले शिष्टाचार भेट गरेका थिए भने साँझ हिन्दूका आराध्यदेव पशुपतिनाथको दर्शन गरेका थिए
यस्तै उनले शिवपुरीस्थित नेपाली सेनाको कमाण्ड तथा स्टाफ कलेजको समेत भ्रमण गरे । आइतबार नेपाल आएका उनी भोलि बिहीबार नेपालस्थित भारतीय राजदूतावासको भ्रमण गरी स्वदेश फर्कने कार्यक्रम रहेको छ ।