
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का स्वकीय सचिव रमेश मल्ल सल्यानबाट प्रतिनिधिसभा सदस्य उम्मेदवारमा सिफारिस भएका छन् ।
जिल्ला समन्वय समिति सल्यानले कर्णाली प्रदेश कमिटीमा पत्र पठाउँदै रमेश मल्ललाई प्रतिनिधिसभा उम्मेदवार बनाउन सिफारिस गरेको छ ।
मल्लसँगै सल्यानबाट टेकबहादुर बस्नेत समेत प्रतिनिधिसभा उम्मेदवारमा सिफारिस भएका छन् ।
माओवादीले समानुपातिकतर्फ कमल विक, दिलमाया बुढामगर र रत्नबहादुर वलीलाई सिफारिस गरेको छ ।
माओवादीले प्रदेशसभा क्षेत्र (१) मा भीमप्रकाश शर्मा र प्रदेशसभा क्षेत्र (२) मा चित्रबहादुर केसीको नाम सिफारिस गरेको छ ।
