२२ असार २०८३, सोमबार

आन्तरिक राजस्व कार्यालय महारागन्जकी कम्प्युटर अधिकृत विन्दु श्रेष्ठविरुद्ध भ्रष्टाचार मुद्दा

आन्तरिक राजस्व कार्यालय महारागन्जकी कम्प्युटर अधिकृत विन्दु श्रेष्ठविरुद्ध भ्रष्टाचार मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आन्तरिक राजस्व कार्यालय महाराजगन्जमा कार्यरत कम्प्युटर अधिकृत विन्दु श्रेष्ठ प्रधानविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ । अख्तियारले सोमवार उनीविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दर्ता गरेको हो । 

कम्प्युटर अधिकृत प्रधान गत साउन १८ गते सेवाग्राहीसँग ३० हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा पक्राउ परेकी थिइन् । सेवाग्राहीको उजुरीको आधारमा अख्तियारको टोलीले उनलाई पक्राउ गरेको थियो । 

अनुसन्धानको क्रममा कम्प्युटर अधिकृत प्रधानले कम्प्युटर बिलिङ स्वीकृत गर्ने प्रयोजनको लागि सेवाग्राहीसँग घुस लिएको पुष्टि भएको अख्तियारले जनाएको छ । अख्तियारले प्रधानविरुद्ध ३० हजार रुपैयाँ बिगो कायम गरी विशेष अदालतमा आरोप पत्र दर्ता गरेको विज्ञप्तिमार्फत जानकारी दिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्