३१ असार २०८३, बुधबार

पेट्रोलियम ढुवानी व्यवसायी आन्दोलित, अमलेखगन्ज डिपोबाट पेट्रोलियम पदार्थ लोडिङ ठप्प

पेट्रोलियम ढुवानी व्यवसायी आन्दोलित, अमलेखगन्ज डिपोबाट पेट्रोलियम पदार्थ लोडिङ ठप्प

पेट्रोलियम ढुवानी व्यवसायी आन्दोलित भएका छन् । आन्दोलनका कार्यक्रम अन्तरगत बुधबारदेखि अमलेखगन्ज डिपोबाट पेट्रोलियम पदार्थ लोडिङ बन्द गरिएको छ । यस्तै असोज १ बाट सबै डिपोहरूको आपूर्ति व्यवस्थालाई ठप्प पार्ने घोषणा व्यवसायीहरुको छ । 
 भदौ २३ को पत्रमार्फत आन्दोलनका कार्यक्रमहरू फिर्ता लिन अनुरोध गरिएपनि  भदौ २४ गतेबाट व्यवसायीहरूले पेट्रोलियम पदार्थ आयात गर्न पिडिओ नलिएको नेपाल आयल निगमको भनाइ छ । जसका कारण पेट्रोलियम पदार्थको आपूर्तिमा अवरोध भई हवाई यात्रु लगायत अन्य सर्वसाधारणमा संत्रास पैदा भएको निगमले जनाएको छ । 

निगमले आन्दोलनका कार्यक्रमहरू फिर्ता लिई ढुवानी सुचारु गर्न  व्यवसायीहरूलाई आग्रह गरेको छ । निगमले नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघलाई पत्राचार गर्दै आन्दोलन फिर्ता लिन आग्रह गरेको हो । 
 

salt training

कमेन्ट गर्नुहोस्