३० असार २०८३, मंगलबार

नवौं राष्ट्रिय खेलकुद : सार्वजनिक भयो ट्रफी

नवौं राष्ट्रिय खेलकुद : सार्वजनिक भयो ट्रफी

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको ट्रफी सार्वजनिक गरिएको छ । 

प्रधानमन्त्री शेरबहादुर देउवाले गण्डकी प्रदेशमा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको ट्रफी सार्वजनिक गरेका हुन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बिहान औपचारिक कार्यक्रमको आयोजना गरेर ट्रफी सार्वजनिक गरिएको हो ।

ट्रफी सार्वजनिक कार्यक्रममा युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक), पर्यटनमन्त्री तथा नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जिवनराम श्रेष्ठ, राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्य सचिव टंकलाल घिसिङ लगायतको सहभागीता रहेको थियो ।

सरकारले पहिलो पटक राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि रनिङ ट्रफीको निर्माण गरेको हो । 

करिब १० लाख रुपैयाँ खर्च गरेर राष्ट्रिय खेलकुदको विजेता टिमका लागि ट्रफी बनाइएको हो । 

ट्रफीका डिजाइनर नेपाल ओलम्पिक कमिटीका महासचिव समेत रहेका निलेन्द्रराज श्रेष्ठ हुन् ।

यस्तै ट्रफीलाई श्याम तुलाधारले बनाएका हुन् । 

ट्रफीमा ५ केजी चाँदी र दुई तोला सुनको प्रयोग गरिएको छ । 

लगातार तीन संस्करणको प्रतियोगिता जित्ने टिमले स्थायी रुपमा विजेता ट्रफी आफूसँग राख्न पाउनेछ ।

अब नवौंको रनिङ ट्रफीलाई प्रदर्शनीका लागि सातै प्रदेश र तीन विभागीय टोलीमा पुर्याइने छ ।

राष्ट्रिय खेलकुद परिषद (राखेप) ले ओलम्पियन एवं दक्षिण एशियाली खेलकुदका कीर्तिमानधारी दीपक विष्टको संयोजकत्वमा ५ सदस्यीय ट्रफी टुर कार्यदल गठन गरेको छ ।

कार्यदलमा क्रिकेटका पूर्व कप्तान पारस खड्का, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष एवं साग पदकधारी दीपक श्रेष्ठ, महिला

भलिबल कप्तान अरुणा शाही र अल्ट्रा म्याराथन धाविका मिरा राई सदस्य रहेका छन् ।

असोज २८ देखि कात्तिक ३ गतेसम्म गण्डकी प्रदेशका विभिन्न जिल्लामा आयोजना हुने प्रतियोगितामा सात प्रदेश, तीन विभाग र एक एनआरएनए गरि ११ टिमले सहभागीता जनाउने छन् ।
 

salt training

कमेन्ट गर्नुहोस्