१९ असार २०८३, शुक्रबार

डेंगु संक्रमितलाई औषधि उपचारको व्यवस्था मिलाउन माग

डेंगु संक्रमितलाई औषधि उपचारको व्यवस्था मिलाउन माग

सत्तासाझेदार नेकपा (माओवादी केन्द्र)का सांसद मायाप्रसाद शर्माले डेंगु रोगका संक्रमितहरूलाई औषधि उपचारको आवश्यक व्यवस्था मिलाउन सरकारसँग माग गरेका छन् । 

शुक्रवार राष्ट्रियसभा बैठकमा विशेष समय लिएर बोल्दै सांसद शर्माले डेंगु रोगका संक्रमितहरूको उपचार र महामारीको रुपमा फैलिएको यस रोगको नियन्त्रणमा मेहनत गर्न पनि सरकारको गम्भिर ध्यानाकर्षण गराए । उनले दर्जनौं मानिसहरूको ज्यान लिइसकेको सो रोग नियन्त्रणका लागि सरकारले पहल गर्न ढिलाई गरिरहेको भन्दै आपत्तिसमेत जनाए । 

‘देशका धेरै ठाउँमा बाढी पहिरो गएको छ । दार्चुला बाढी पहिरोको चपेटामा परेको छ । काभ्रेमा बाढी पहिरोले सताइराखेको छ । डेंगु रोग एउटा भयावह स्थितिमा आएको छ । १२ हजारभन्दा बढी मान्छेहरूलाई प्रभावित बनाएको सूचनाहरू दर्जनौं मानिसहरू दिवंगत भएको सूचनाहरू प्राप्त भएका छन्’, सांसद शर्माले भने, ‘यसको उपचारका लागि सरकारले पहल गर्ने कुरामा ढिलाई किन गराएको छ ? यसको सचेत पहल गरोस् । औषधि उपचारको बारेमा सबै पहलकदमी अगाडि बढाउन मेहनत गरोस् । र, नियन्त्रणमा लागि जोड गरोस् । मैले यो कुरा राख्न चाहन्छु ।’

सांसद शर्माले बाढी र पहिरोबाट आहत भएकाहरूलाई तत्काल राहतको व्यवस्था गर्न पनि सरकारलाई सचेत गराए । 
 

salt training

कमेन्ट गर्नुहोस्