३१ असार २०८३, बुधबार

देवी ज्ञवालीका छोरा पक्राउ

कात्तिक २०, २०७४
 देवी ज्ञवालीका छोरा पक्राउ

काठमाडौं, १८ साउन - चितवनको भरतपुर महानगरपालिकामा नेकपा एमालेका तर्फबाट मेयरका प्रत्यासी देवी ज्ञवालीका छोरा निरबलाई प्रहरीले पक्राउ गरेको छ ।

मेयरकै प्रत्यासी तथा माओवादी नेतृ रेणु दाहालको चरित्र हत्या गरेको आरोपमा उनलाई प्रहरीले काठमाडौंको पुतलिसडकबाट पक्राउ गरेको हो । सामाजिक सञ्जाल मार्फत दाहालको चरित्रहत्या गरेको आरोपमा उनी पक्राउ परेका हुन् ।

रेणु दाहालका श्रीमान अनिल कुमार पाठकले किटानी जाहेरी दिएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो । उनीसँगै अर्का एक जना एमाले कार्यकर्ता पनि पक्राउ परेका छन् । पाठकले शुक्रवार जिल्ला प्रहरी कार्यालय चितवनमा जाहेरी दिएका थिए । साइबर अपराध मुद्दा काठमाडौं जिल्ला अदालतले मात्रै हेर्ने भएकोले काठमाडौं प्रहरीबाटै हेर्ने गरि उनलाई पक्राउ गरिएको हो ।

विद्युतीय कारोबार ऐन २०६३ को दफा ४७ अनुसार कसुर प्रमाणित भएमा दुई लाख जरिवाना र पाँच वर्ष सम्म कद हुन सक्छ वा दुबै सजाय हुन सक्छ । निरव र उनीसँग पक्राउ परेका एसबी बोहोराको फेसबुकबाट रेणुलाई गालीगलौज गरेका सामग्रीहरु पोष्ट भएका थिए ।

काठमाडौं प्रहरी प्रमुख छविलाल जोशीले केही दिन देखि उनको खोजी चलिरहेको र आज पक्राउ परेको बताए ।

salt training

कमेन्ट गर्नुहोस्