२० असार २०८३, शनिबार
नागरिकता विधेयक

राष्ट्रपतिबाट जानी–बुझी संविधान मिचियो, फेरि प्रतिगमनको खतरा बढ्यो– प्रचण्ड

राष्ट्रपतिबाट जानी–बुझी संविधान मिचियो, फेरि प्रतिगमनको खतरा बढ्यो– प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानको रक्षकबाट जानी–बुझी संविधान मिच्ने काम भएकोले प्रतिगमनको खतरा बढेको बताएका छन् । परिवर्तनका पक्षधरहरू सडकमा नजाने हो भने प्रतिगमनका फँणाले डस्न सक्ने उनले बताए । 

अखिल नेपाल किसान महासंघको कार्यक्रमलाई शुक्रवार काठमाडौंमा सम्बोधन गर्दै प्रचण्डले संरक्षकबाटै खुलेआम संविधान मिच्ने काम भएकोले प्रतिगमनको खतरा बढेको बताएका हुन् ।

‘कुरा गहिरो छ, धेरै नै गहिरो छ, प्रतिगमनको षडयन्त्र रोकिएको छैन, नयाँ–नयाँ रूपमा ल्याउँदैछन् । सतर्कता गुमाएमा कुनै पनि दिनमा प्रतिगमन हुने खतरा छ’, प्रचण्डले भने, ‘अमूर्त कुरा गरेको होइन संविधान खुलेआम मिच्ने काम संविधानको पालक र संरक्षकबाट भइरहेको छ । जानी–बुझी संविधान मिच्ने काम भइरहेको छ । यसलाई रोक्न जनताको पहलले मात्र सकिन्छ, सडकमा जानुपर्ने हुनसक्छ ।’ 

प्रतिनिधि सभा विघटनमार्फत संविधानका उपलब्धि उल्टाउने खेल असफल भए पनि परिवर्तन नचाहने तत्वले फेरि षडयन्त्र शुरू गरेको उनले दाबी गरे । ‘गतवर्ष जुन प्रतिगमन हुन खोजेको थियो, लाखौँ जनतालाई सडकमा ल्याएपछि रोकिएको हो । देशलाई प्रतिक्रान्तिमा लैजाने षडयन्त्रलाई सडकमा जनता उतारेर मात्र परास्त गर्न सकिन्छ’, उनले भने । 

salt training

कमेन्ट गर्नुहोस्