काठमाडौं, १९ साउन– नेकपा एमालेले प्रदेश नम्बर दुईको एकमात्र महानगरपालिका विरगञ्जको मेयर र उपमेयरका उम्मेदवारको टुंगो लगाएको छ । एमाले पर्साको बैठकले उम्मदवारको नाम टुंगो लगाएर केन्द्रमा पठाएको छ ।
पर्सा जिल्ला कमिटीको बैठकले बसुरुद्धिन अन्सारी र उपमेयरमा सोफिया आचार्यलाई सर्वसम्मत रुपमा सिफरिस गरेको हो ।
जिल्ला कमिटीका अध्यक्ष प्रभु हजारका अनुसार जिल्लामा मेयर र उपमेयर पदका उम्मेदवारहरुका विषयमा कुनै विवाद नभएकाले प्रदेश र स्थायी कमिटीले अनुमोदन गर्न बाँकी रहेको बताए ।
जिल्लाले यसअघि मेयरमा सिफारिस गरेका तीनजना मध्ये सुन्दर कुर्मी संघीय समाजवादीमा प्रवेश गरेका मेयरको उम्मेदवार बनाउने गरि नेशनल मेडिकल कलेका अध्यक्ष बसुरुद्धिनलाई एमाले प्रवेश गराएपछि उनले एमाले छाडेको बताइएको छ ।