३१ असार २०८३, बुधबार

प्रेम गर्नुस्, तौल घटाउनुस् !

कात्तिक २०, २०७४
प्रेम गर्नुस्, तौल घटाउनुस् !

काठमाडौं, १९ साउन — कसैसँग प्रेम गर्दा वा सम्बन्ध बनाउँदा तौल कम हुन्छ । यो कुनै गफ हैन । पच्चीस जोडीमाथि दुई महिनासम्म गरिएको अनुसन्धानपछि यो निष्कर्ष निकालिएको हो ।


अमेरिकाको हार्भर्ड मेडिकल स्कूलले गरेको अनुसन्धानका अनुसार प्रेममा पर्दा मानिसको शरीरमा नोरपाइनेफ्रिन निस्कन्छ जसले बोसो डढाएर त्यसलाई ऊर्जामा परिवर्तन गर्छ । यसले तपाईंको तौल कम हुन्छ अनि तपाईं सक्रिय पनि हुनुहुन्छ ।

प्रेममा परेका मानिस प्रायः के गर्ने के नगर्ने निर्णय गर्न सक्दैनन् । त्यसलाई लभ हार्मोन भनिन्छ । यसले गर्दा भोक कम लाग्छ र नोरपाइनेफ्रिनका कारण बोसो डढ्छ ।

प्रेममा परेपछि भोक र निद्रा उड्छ त्यसैले पो भनिएको रहेछ ।

भनेपछि प्रेममा पर्दा दुईवटा फाइदा हुने रहेछन् । पहिलो त तपाईं मोटो हुनुहुन्न अनि दोस्रो चाहिँ तपाईंले जीवनसाथी पाउनुहुन्छ ।

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्