३१ असार २०८३, बुधबार

घुस लिने वडा सचिव पक्राउ

कात्तिक २०, २०७४
घुस लिने वडा सचिव पक्राउ
सप्तरी, १९ साउन - अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सप्तरीको इटहरी विष्णुपुर गाउँपालिकाका वडा सचिव सञ्जयकुमार देवलाई आज घुस लिँदालिँदै पक्राउ गरेको छ ।ciaa

आयोगको इटहरीस्थित पूर्वाञ्चल क्षेत्रीय सम्पर्क कार्यालयबाट खटिएको टोलीले सदरमुकाम राजविराजस्थित राष्ट्रिय वाणिज्य बैंक नजिकै सेवाग्राहीसँग रु ५३ हजार घुस लिइरहेको अवस्थामा उनलाई रंगेहात पक्राउ गरेको सो कार्यालयका क्षेत्रीय प्रमुख प्रेमप्रसाद भट्टराईले जानकारी दिए ।

गाउँपालिकामा उपभोक्ता समितिमार्फत गरिएको रु दुई लाख ६८ हजारको सडक ग्राभेल काम सम्पन्न भएपछि भुक्तानी गराउन वडा सचिव देवले रु ५३ हजार घुस मागेका थिए । सोही घुस लिने क्रममा उनी पक्राउ परेका हुन् ।

प्राप्त उजुरीका अधारमा आयोगको क्षेत्रीय कार्यालयबाट प्रहरी नायब उपरीक्षक रमेश बस्नेतको नेतृत्वमा खटिएको टोलीले स्थानीय गजेन्द्र चोक अगाडि राष्ट्रिय वाणिज्य बैंक नजिकैबाट उनलाई घुस लिएको रकमसहित पक्राउ गरेको बताइएको छ ।

पक्राउ परेका देवलाई आज इटहरीस्थित अख्तियारको क्षेत्रीय कार्यालयमा लगेको र उनलाई निलम्वन गरी कारबाही प्रक्रिया अगाडि बढाउने प्रमुख भट्टराईले जानकारी दिए ।

देव सो गाउँपालिकाको वडा नं १, ४ र ५ को सचिव पदको जिम्मेवारी सम्हालेका थिए ।

यसअघि टोलीले सप्तरीको राजविराजस्थित जिल्ला जनस्वाथ्य कार्यालयमा भएको भ्रष्टचारका सम्बन्धमा छापा मारेर आवश्यक कागजात नियन्त्रणमा लिई छानबिन प्रक्रिया अगाडि बढाइएको आयोगका क्षेत्रीय कार्यालय इटहरीले जनाएको छ ।

औषधि खरिद र विभिन्न स्वास्थ्य कार्यक्रममा अनियमितता गरेको आरोप जनस्वास्थ्य कार्यालयमाथि लागेको छ ।

salt training

कमेन्ट गर्नुहोस्