२१ असार २०८३, आइतबार

चीनले भारतलाई भन्यो, शान्ति चाहन्छौ भने सेना फिर्ता बोलाऊ

कात्तिक २०, २०७४
चीनले भारतलाई भन्यो, शान्ति चाहन्छौ भने सेना फिर्ता बोलाऊ

काठमाडौं, २० साउन — भारतले मुखले बोलेर हैन, व्यवहारले देखाएर सीमाक्षेत्रमा शान्ति कायम गर्नुपर्ने चीनले बताएको छ ।


डोक्लाम क्षेत्रमा ४८ भारतीय सैनिक रहेका अनि उनीहरूलाई ठूलो संख्याका टुकडीहरूले सहयोग गरी चीनलाई आफ्नै क्षेत्रमा सडक बनाउन नदिएको चीनले दाबी गरेको छ ।

‘भारतीय पक्षले साँच्चै शान्ति चाहन्छ भने चीनको भूमिमा पसेका सैनिकलाई तत्कालै आफ्नो भूमितर्फ बोलाउनुपर्छ,’ चिनियाँ विदेशमन्त्रालयका प्रवक्ता गेङ शुआङले बताए ।

एउटा वक्तव्य जारी गर्दै गेङले भारतले गैरजिम्मेवारीपन र हतारो देखाएको बताए ।

उनले भने, ‘बुधवारसम्म डोक्लाममा ४८ भारतीय सैनिक र एउटा बुलडोजर थिए र यो चिनियाँ भूमिमा अवैध अतिक्रमण हो ।’

भारत चाहिँ उक्त क्षेत्र भुटानको भएको बताउँछ ।

‘भारतीय सीमामा तैनाथ सिपाहीहरू चिनियाँ भूमिमा अवैध रूपमा बसिरहेका छन् । अझ, भारतीय पक्षले सडक बनाउने, सामान थुपार्ने र भारतीय भूमिमा ठूलो संख्यामा सशस्त्र बल तैनाथ गर्ने गरिरहेको छ । यो शान्तिको लागि पक्कै होइन,’ विदेश मन्त्रालयको वक्तव्यमा भनिएको छ ।

गेङले चाहिँ आफ्नो भूमिमा सडक बनाउनु सामान्य गतिविधि भएको र यो पूरै वैध र कानूनसम्मत भएको बताए ।

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्