×

NMB BANK
NIC ASIA

शीतयुद्धपछि पहिलो पटक आणविक ‘युद्ध’ को खतरा : बाइडेन

असोज २१, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

अमेरिकी राष्ट्रपति जो बाइडेन शीतयुद्धपछि पहिलो पटक विश्वले आणविक ‘युद्ध’ को जोखिम मोल्ने खतरा रहेको र युक्रेन द्वन्द्वमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले कसरी युद्ध अन्त्य गर्न चाहन्छन् भन्ने पत्ता लगाउने प्रयास गरिरहेको बताएका छन् ।

Muktinath Bank

“सन् १९६२ मा केनेडी र क्युबाको क्षेप्यास्त्र सङ्कटपछि हामीले ‘आणविक युद्ध’को सम्भावनाको सामना गरेका छैनौं,” पूर्व अमेरिकी राष्ट्रपति जोन एफ केनेडीलाई उद्धृत गर्दै बाइडेनले न्युयोर्कमा आयोजित डेमोक्र्याटिक पार्टीको आर्थिक सङ्कलन कार्यक्रममा भने । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पुटिनले युक्रेनमाथि आक्रमण गर्न आणविक हतियार प्रयोग गर्ने धम्की दिँदा पुटिनले ‘ठट्टा’ नगरेको बाइडेनले बताए । 


Advertisment
Nabil box
Kumari

राष्ट्रपति पुटिनको आणविक धम्कीका कारण सिर्जित जोखिमबारे बोल्दै र ६० वर्षअघि सोभियत सङ्घले क्युबामा क्षेप्यास्त्र तैनाथ गरेपछि उत्पन्न आणविक गतिरोधलाई सङ्केत गर्दै उनले भने, “क्युबाको क्षेप्यास्त्र सङ्कटपछि पहिलो पटक आणविक हतियारको प्रयोगबाट हामीलाई प्रत्यक्ष खतरा छ ।”

Vianet communication
Laxmi Bank

बाइडेनले भने, “हामी पुटिनको युद्ध अन्त्य रणनीतिबारे पत्ता लगाउने प्रयास गरिरहेका छौं ।

पुटिनले युक्रेनी भूमि कब्जा गर्ने प्रयासमा विकल्पहरू समाप्त भएको महसुस गरेमा आणविक हतियार प्रयोग गर्ने धम्की दिएका छन् ।

विज्ञहरूका अनुसार यी आक्रमणहरू तुलनात्मक रूपमा साना र रणनीतिक आक्रमणहरू हुनेछन् । तर बाइडनले सीमित क्षेत्रमा हुने यस्ता आक्रमणले अझै व्यापक द्वन्द्व निम्त्याउने चेतावनी दिएका छन् ।

बाइडेनले भने, “हामीले राम्रोसँग चिनेका छौं । पुटिनले ‘सामरिक आणविक हतियार वा जैविक वा रासायनिक हतियारको सम्भावित प्रयोगको बारेमा कुरा गर्दा ठट्टा गर्दैनन् ।”

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x