२० असार २०८३, शनिबार

प्रचण्डले चितवन छाडे, गोरखा–२ बाट चुनाव लड्ने

प्रचण्डले चितवन छाडे, गोरखा–२ बाट चुनाव लड्ने
फाइल फोटो

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ गोरखाको २ नम्बर क्षेत्रबाट निर्वाचन लड्ने भएका छन् ।

माओवादीको शुक्रवार साँझ बसेको पदाधिकारी बैठकले अध्यक्ष दाहाल गोरखा–२ बाट निर्वाचन लड्ने निर्णय गरेको सचिव गणेश साहले जानकारी दिए ।

गोरखा–२ प्रदेश सभातर्फ माओवादी र नेपाली कांग्रेसको उम्मेदवार बन्ने बताइएको छ । गोरखा–२ मा २०६४ र २०७० सालको संविधानसभा निर्वाचनमा माओवादी केन्द्र विजयी भएको थियो  । विक्रम संवत् २०६४ सालमा माओवादी नेता डा. बाबुराम भट्टराई विजयी भएका थिए । २०७० सालमा माओवादी केन्द्रका नेता हितराज पाण्डे सोही क्षेत्रबाट विजयी भएका थिए ।

विक्रम संवत् २०७४ सालको निर्वाचनमा नेपाली कांग्रेसको सहयोगमा डा. भट्टराई पुनः निर्वाचित भएका थिए । डा. भट्टराईले आसन्न निर्वाचनमा प्रतिस्पर्धा नगर्ने सार्वजनिक गरिसकेका छन् ।

अध्यक्ष दाहाल २०७४ सालको निर्वाचनमा चितवन–३ बाट विजयी भएका थिए । पदाधिकारी बैठकमा अध्यक्ष प्रचण्डले सिट बाँडफाँटका बारेमा गठबन्धनमा भएको छलफलको ब्रिफिङ गरेका थिए । 

salt training

कमेन्ट गर्नुहोस्