२२ असार २०८३, सोमबार

पाक्ने बेलाको धान खेतमै ढल्दा किसान चिन्तित

पाक्ने बेलाको धान खेतमै ढल्दा किसान चिन्तित
प्रतिकात्मक तस्वीर

म्याग्दीमा बेमौसमी वर्षा र हावाहुरीका कारण सयौं हेक्टर जमिनमा गरिएको धानबालीमा क्षति पुगेको छ ।

असोज १७ गते रातिदेखि अहिलेसम्म अविरल रूपमा भएको वर्षा र हावाहुरीका कारण पानीले भिजेर र हावाहुरीले धानका बोट ढलाएर धानबालीमा क्षति पुगेको स्थानीय तहका कृषि प्राविधिकले जनाएका छन् । 

पाक्नै लागेका धानको बोट हावाहुरीले ढलाएर र पानीले भिजाएर क्षति पुर्‍याएको हो । कृषि ज्ञान केन्द्रका अनुसार जिल्लाभर ३ हजार ८९२ हेक्टर जमिनमा धान खेती हुन्छ ।

जिल्लाको लेकाली क्षेत्रमा पाकेर काट्ने बेलाको धान लगातारको वर्षाले भिजेर खेतमा नै धानको दाना झरेका कारण क्षति पुगेको छ भने तल्लो क्षेत्रमा पाक्नै लागेका धानको बोट हावाहुरीले ढलाएपछि दाना पोटिलो नहुनाका साथै खेतमा नै दाना झरेकाले उत्पादन कम हुने देखिएको छ ।

जिल्लाका रत्नेचौर, बगरफाँट, फापरखेत, गरापानी, खबरा, सीम, बाबियाचौर, पुलाचौर, अर्मन, कुहूँ, देवीस्थान लगायत ठाउँमा लगाइएको धानबालीमा क्षति पुगेको स्थानीय कृषकले बताएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्