२५ असार २०८३, बिहीबार

जुम्लाको कनकासुन्दरीमा पहिरोमा पुरिएर ५ जनाको मृत्यु, २ जना बेपत्ता

जुम्लाको कनकासुन्दरीमा पहिरोमा पुरिएर ५ जनाको मृत्यु, २ जना बेपत्ता
सांकेतिक तस्वीर

जुम्लाको कनकासुन्दरी गाउँपालिका–५ मा पहिरोमा पुरिएर ५ जनाको मृत्यु भएको छ । 

पहिरोमा पुरिएर अन्य २ जना बेपत्ता भएको प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केसरीले लोकान्तरलाई जानकारी दिए । 

उनका अनुसार २ जनाको गम्भीर अवस्थामा उद्धार गरिएको छ । 

उनले आफू अहिले घटनास्थलतर्फ गइरहेको र सो स्थानमा पुग्न २ घन्टा लाग्ने बताए ।

उनले भने,'पानी परिरहेको छ, हामी गइरहेका छौैँ । उद्दारका लागि हेलिकप्टरहरू स्ट्याण्डबाई छन् ।'

घटनाको थप विवरण आउन बाँकी छ । 

salt training

कमेन्ट गर्नुहोस्