२२ असार २०८३, सोमबार

मकवानपुरमा बाढी पहिरोमा परेर २ जनाको मृत्यु

मकवानपुरमा बाढी पहिरोमा परेर २ जनाको मृत्यु

मकवानपुरमा अविरल वर्षापछि बाढी पहिरोमा परेर दुई जनाको मृत्यु भएको छ । 

पहिरोमा पुरिएर तथा बाढीले बगाउँदा उनीहरुको मृत्यु भएको हो । 

जिल्ला प्रहरी कार्यालयका अनुसार राक्सिराङ गाउँपालिका–६ मागेनीका  ४७  वर्षीय तोकबहादुर चेपाङको पहिरोमा पुरिएर मृत्यु भएको हो । 

यस्तै कैलाश गाउँपालिका–३ कालीखोलाले बगाउँदा स्थानीय ६५ वर्षीय दलबहादुर चेपाङको मृत्यु भएको छ ।

खोला तर्ने क्रममा उनलाई बगाएको प्रहरीले जनाएको छ । रासस
 

salt training

कमेन्ट गर्नुहोस्