२० असार २०८३, शनिबार

कोजाग्रत पूर्णिमा आज, कांग्रेसले चियापान कार्यक्रम नगर्ने

कोजाग्रत पूर्णिमा आज, कांग्रेसले चियापान कार्यक्रम नगर्ने

नेपाली कांग्रेसले हरेक वर्ष कोजाग्रत पूर्णिमाका दिन गर्दै आएको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम यस वर्ष नगर्ने भएको छ ।

पूर्णिमाको दिन निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको उम्मेदवारी दर्ता गर्ने कार्यतालिका निर्धारण गरेकाले चियापान कार्यक्रम नगरिने कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ, ‘वि.सं. २०३३ सालमा जननायक बीपी कोइराला राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्केपछि २०३४ सालदेखि प्रत्येक वर्ष नेपाली कांग्रेसले कोजाग्रत पूर्णिमाको दिनमा चियापान कार्यक्रम गरी शुभकामना आदानप्रदान गर्ने परम्परा रहँदै आएकोमा आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य पदको निर्वाचनका लागि कोजाग्रत पूर्णिमाकै दिन (असोज २३ गते) नै पहिलो हुने निर्वाचित हुने प्रणाली अन्तर्गत उम्मेदवारहरूले उम्मेदवारी मनोनयन गर्नुपर्ने भएको कारण यस वर्षकोे असोज २३ गते कोजाग्रत पूर्णिमाको दिन हुने शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम आयोजना नगरिने व्यहोरा सबैलाई जानकारी गराइन्छ ।’

salt training

कमेन्ट गर्नुहोस्