२२ असार २०८३, सोमबार

बालुवा झिक्दै गरेका स्काभेटर नियन्त्रित

कात्तिक २०, २०७४
बालुवा झिक्दै गरेका स्काभेटर नियन्त्रित

 


त्रिशूली(नुवाकोट), २० साउन - अवैध रुपमा जिल्लामा विभिन्न खोलाबाट बालुवा झिक्दै गरेका स्काभेटरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 
जिल्ला प्रहरी कार्यालयको गस्ती टोलीले गए राति त्रिशूली र तादी नदीबाट बालुवा चोरी निकासी गर्नका लागि उत्खननमा प्रयोग भएको स्काभेटरको ब्याट्री निकालेर ल्याएको प्रहरी नायव उपरीक्षक ऋषिराम कँडेलले बताउनुभयो । प्रहरीका अनुसार त्रिशूली नदीमा विदुर नगरपालिका वडा नं ६ बुनिबेंसी र बेलकोटगढी नगरपालिकाको रातमाटेबाट तीन र तादीको मालाकोट क्षेत्रबाट दुई स्काभेटर नियन्त्रणमा लिइएको हो । 
यस वर्ष असार लागेपछि प्रहरीले नदी र खोलाबाट बालुवा झिकिरहेका सात जनालाई पक्राउ गरि मुद्दासमेत चलाएको छ । रासस 

salt training

कमेन्ट गर्नुहोस्