
काठमाडौं दरबारमार्गस्थित क्लब प्लाटिनमा बाउनसरको रूपमा कार्यरत निकेत राई र तेन्जुङ् शेर्पालाई काठमाडौं महानगरपालिका-२६ गल्कोपाखास्थित हनुमान चोक नजिक धारिलो हतियार प्रहार गरी फरार रहेका २ जना प्रतिवादीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा दोलखा शैलुङ गाउँपालिका-२ घर भई काठमाडौं बौद्ध बस्ने २९ वर्षीय बिनोद तामाङ र सोही ठाउँ बस्ने ३३ वर्षीय जिवन तामाङ रहेका छन् ।
उक्त चोक नजिक मोटरसाइकलमा आएका ७/८ जना अपरिचित व्यक्तिहरूको समूहले राई र शेर्पालाई खुकुरी प्रहार गरी घाइते बनाई फरार रहेको घटनाको थप अनुसन्धान गर्न काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उक्त घटनामा संलग्नमध्ये बिनोद र जिवनलाई काठमाडौं बौद्धबाट पक्राउ गरेको हो ।