२९ असार २०८३, सोमबार

धादिङमा अब वडा तहबाटै राष्ट्रिय परिचयपत्र वितरण अभियान

धादिङमा अब वडा तहबाटै राष्ट्रिय परिचयपत्र वितरण अभियान

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले धादिङका सबै नागरिकको राष्ट्रिय परिचयपत्र बनाउन वडा तहमै टोली खटाएर अभियान थाल्ने भएको छ ।

गल्छी गाउँपालिकाका वडाबाट अभियान शुरू गर्न लागिएको हो । पञ्जीकरण विभागबाटै खटिएका कर्मचारीको टोलीले जिल्लाका सबै वडामा पुगेर नागरिकको राष्ट्रिय परिचयपत्र फाराम भर्ने लक्ष्य लिएको छ ।

बिहीवार गल्छी बैरेनीमा जिल्लाका १३ वटै स्थानीय तहका प्रमुखको उपस्थितिमा यस्तो जानकारी दिइएको हो । शुक्रवारदेखि नै आवश्यक जनशक्ति परिचालन गरी क्रमशः जिल्लाका १०४ वटै वडामा पुगेर सबै नागरिकको राष्ट्रिय परिचयपत्र बनाउने तयारी थालिएको रहेको निर्देशक कृष्णप्रसाद पौडेलले बताए ।

विभागले अहिलेसम्म ३९ जिल्लामा अभियान पूरा गरेको । १६ जिल्लामा अहिले अभियान सञ्चालन भइरहेको छ । छापिएको कार्ड अब चाँडै वितरण गर्ने पनि विभागको लक्ष्य रहेको निर्देशक पौडेलको भनाइ छ ।

अभियान सञ्चालनपछि राष्ट्रिय परिचयपत्रका लागि जिल्ला प्रशासन कार्यालयमा रातभर लाइन बस्नुपर्ने समस्या समाधान हुनेछ । नागरिकता, राहदानी, जग्गा धनीपुर्जा, मतदाता परिचयपत्र लगायतका २ दर्जन बढी परिचय पत्रको सरकारले एकीकृतरूपमा राष्ट्रिय परिचयपत्र वितरण गर्न थालेको हो ।

salt training

कमेन्ट गर्नुहोस्