२२ असार २०८३, सोमबार

गृहमन्त्री खाँणसँग नेपालका लागि भारतीय राजदूत श्रीवास्तवको शिष्टाचार भेट

गृहमन्त्री खाँणसँग नेपालका लागि भारतीय राजदूत श्रीवास्तवको शिष्टाचार भेट

गृहमन्त्री बालकृष्ण खाँणसँग नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवले बिहीवार दिउँसो गृह मन्त्रालयमा शिष्टाचार भेटघाट गरेका छन् । 

भेटमा नेपाल–भारत बीचको आपशी सम्बन्ध र सहयोग आदान–प्रदानबारे छलफल भएको छ । 

भारतीय राजदूत श्रीवास्तवले भेटमा आगामी मंसिर ४ गते निर्धारित प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन शान्तिपूर्णरूपमा सम्पन्न गर्न नेपाल सरकार र गृहमन्त्री खाँणलाई शुभकामना दिएका थिए । 

गृहमन्त्री खाँणले सरकार निष्पक्ष, भयरहित र स्वतन्त्रतापूर्वक शान्तिपूर्ण तरिकाले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन सम्पन्न गर्न लागिरहेको बताए । 

गृहमन्त्री खाँणले नेपाल र भारतबीच सदियौँदेखि नागरिकस्तरमा सम्बन्ध रहेकाले त्यो सम्बन्ध अझ दिगो हुने विश्वास व्यक्त गरे । 

गृहमन्त्री खाँणसँग यसअघि नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले शिष्टाचार बिदाइ भेट गरेका थिए ।
 

salt training

कमेन्ट गर्नुहोस्