
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)नेपालले बागी उम्मेदवार सुरीता साहलाई पार्टीबाट निष्कासन गरेको छ ।
महोत्तरी–२ (२)मा उनले सत्ता गठबन्धनविरुद्ध बागी उम्मेदवारी दिएकी छन् । उनी यसअघि सोही क्षेत्रबाट साविकको राष्ट्रिय जनता पार्टीबाट प्रदेश सभामा सांसद भएकी थिइन् । प्रदेश सभा सदस्य बन्नु अघि नै उनी संघीय सरकारमा सञ्चार राज्यमन्त्री समेत भइसकेकी थिइन् ।
लोसपा अध्यक्ष महन्थ ठाकुरले शुक्रवार विज्ञप्ति जारी गर्दै पार्टीको सम्पूर्ण पद तथा जिम्मेवारीबाट हटाइएको उल्लेख गरेका छन् ।
