२१ असार २०८३, आइतबार

नवौं राष्ट्रिय खेलकुदमा कुस्ती र सेपाताक्रो खेल आजदेखि

नवौं राष्ट्रिय खेलकुदमा कुस्ती र सेपाताक्रो खेल आजदेखि

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शनिवारदेखि कावासोतीमा शुरू हुने कुस्ती र सेपाताक्रोको सबै तयारी पूरा भएको छ ।

कावासोतीस्थित रहेको योङ स्टार क्लबको कर्भडहलमा सेपाताक्रो र कुस्ती थारु राष्ट्रिय संग्रहालय डन्डाको सभाहलमा सञ्चालन हुने सो खेलका लागि पूर्वाधार र व्यवस्थापकीय तयारीका काम सकिएको जनाइएको छ । 

खेलस्थल सुधार, सामग्री व्यवस्थापन, साज सज्जादेखि खेलाडी, प्राविधिकलाई आवाससम्मको प्रबन्ध भइसकेको नेपाल सेपाताक्रोका केन्द्रीय अध्यक्ष एवं सेपाताक्रो खेल संयोजक नेत्र गुुरुङले जानकारी दिए । उनका अनुसार शनिवार बिहान ७ बजे विशेष समारोहमा प्रतियोगिता शुभारम्भ गरिनेछ ।

प्रतियोगिता व्यवस्थापनका लागि जिल्ला खेलकुद विकास समिति नवलपुरका सदस्य व्यवस्थापकीय तयारीका काममा सक्रिय छन् । कात्तिक २ गतेसम्म चल्ने प्रतियोगितामा कुस्तीतर्फ पुरुष ९१ र महिला ६९ गरी १६० जना र सेपाताक्रोतर्फ ९८  जना खेलाडीले भाग लिनेछन् ।     

महिला र पुरुषको फरक–फरक ३ वटा विधामा प्रतियोगिता हुने सेपाताक्रो खेलमा प्रदेश १, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली, सुदूरपश्चिम र नेपाली सेनाका टीमले भाग लिने छन् भने कुस्तीतर्फ ७ वटा प्रदेश र ३ वटा विभागीय टीम नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टीमले भाग लिने छन् । अधिकांश टीमका खेलाडी र प्राविधिक बिहीवार नै जिल्लामा आइसकेको प्रतियोगिता व्यवस्थापन समितिले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्