२९ असार २०८३, सोमबार

प्रहरीका सबै संगठनलाई प्रविधिमैत्री बनाउन प्रधानमन्त्रीको निर्देशन

प्रहरीका सबै संगठनलाई प्रविधिमैत्री बनाउन प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री शेरबहादुर देउवाले प्रहरीका सबै संगठनलाई प्रविधिमैत्री बनाउँदै लैजान निर्देशन दिएका छन् । सोमवार ६७औँ प्रहरी दिवसको अवसरमा प्रहरी प्रधान कार्यालयमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताए । उनले सूचना प्रविधिलाई समायानुकूल परिवर्तन गरी अघि बढ्नसके मात्रै अपेक्षित परिणाम हासिल गर्न सकिने बताए । 

प्रधानमन्त्री देउवाले नेपाल प्रहरीलाई आगामी दिनमा थप आधुनिक, व्यवसायिक, स्रोत, साधनले सम्पन्न बनाउन सरकार प्रतिबद्ध रहेको पनि बताए । उनले नेपाल प्रहरीभित्र सबै कर्मचारीको वृत्ति विकासलाई समयानुकूल सुधार गर्दै जानुपर्ने आवश्यक्ता रहेको पनि उल्लेख गरे । उनले आगामी निर्वाचन शान्तिपूर्ण रूपमा गराउनेबारेमा नेपाल प्रहरीको प्रमुख जिम्मेवारी रहने भन्दै ऐन, कानूनले दिएको आफ्नो अधिकार प्रयोग गरी निर्वाचनलाई स्वच्छ, निष्पक्ष बनाउन निर्देशन दिए । 

‘सूचना प्रविधिलाई समायानुकूल परिवर्तन गरी अघि बढ्नसकेमात्रै कुनै पनि संगठनको प्रभावकारिता हुन्छ र अपेक्षित परिणाम हासिल हुनेछ । प्रहरीका सबै संगठनलाई प्रविधिमैत्री बनाउँदै लैजान निर्देशन दिन चाहन्छु । नेपाल प्रहरीलाई आगामी दिनमा थप आधुनिक, व्यवसायिक, स्रोत, साधनले सम्पन्न बनाउन सरकार प्रतिबद्ध छ । नेपाल प्रहरीभित्र सबै कर्मचारीको वृत्ति विकासलाई समयानुकूल सुधार गरी जान आवश्यक छ । यसका लागि आवश्यक योजना अघि बढाउन गृहमन्त्रालयलाई पनि निर्देशन दिन्छु’, प्रधानमन्त्री देउवाले भने, ‘आगामी निर्वाचन शान्तिपूर्ण रुपमा गराउनेबारेमा नेपाल प्रहरीको प्रमुख जिम्मेवारी हुनेछ । आगामी निर्वाचनमा नेपाल प्रहरीले आफ्नो मुलभूत दायित्व इमन्दारिताकासाथ निर्वाह गर्नुपर्नेछ । ऐन, कानूनले दिएको आफ्नो अधिकार प्रयोग गरी निर्वाचनलाई सम्पन्न गर्न निर्देशन दिन चाहन्छु । सीमित श्रोत, साधन, कठिनाइका बीच भएका श्रोत, साधनको प्रयोग गरी उक्त कार्यमा लाग्न निर्देशन दिन्छु ।’

प्रधानमन्त्री देउवाले प्रहरी प्रशासनले हरेक समय नेपाली नागरिकको सुरक्षालाई प्राथमिकतामा राखेर काम गरेको भन्दै प्रहरी प्रशासनलाई धन्यवाद दिए ।

salt training

कमेन्ट गर्नुहोस्