×

NMB BANK
NIC ASIA

कर्णालीका हवाई उडानमा अनियमितता रोक्न अनलाइन टिकट, उडान थपिने

कात्तिक १, २०७९

NTC
Sarbottam
फाइल तस्वीर
Premier Steels
Marvel

वायुसेवा सञ्चालक संघ नेपालले कर्णाली प्रदेशका विमानस्थलमा अलपत्र परेका नागरिकहरूलाई उद्धार एवं यात्रा सहजताका लागि हवाई उडान थप गर्ने बताएको छ । मंगलवार कर्णाली प्रदेशका पूर्वआन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारी नेतृत्वको टोलीसँग भएको छलफलमा वायुसेवा सञ्चालक संघ नेपालले वायुसेवा कम्पनीहरूसँग भएका हवाई उडान थप गरेर अलपत्र नागरिकहरूलाई नजिकको विमानस्थलमा उद्धार गर्ने प्रतिबद्धता जनाएको हो । 

Muktinath Bank

छलफलमा बोल्दै वायुसेवा सञ्चालक संघका अध्यक्ष क्याप्टेन रामेश्वर थापाले कर्णाली प्रदेशमा वर्षाको कारण सडक मार्ग अवरुद्ध हुँदा हवाई उडानमा देखिएको विद्यमान समस्या समाधान गर्न निजी वायुसेवा सञ्चालकहरूसँग भएका जहाजको उडान थप गर्ने प्रतिबद्धता जनाए । उनले विमानस्थलमा अलपत्र परेका यात्रुहरूलाई कर्णाली प्रदेशमा हुम्ला, जुम्ला र डोल्पाबाट नजिकैको विमानस्थलमा उद्धार गर्ने तयारी गरेको बताए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनले कर्णालीको हवाई उडान समस्या समाधान गर्न सरकार र निजी क्षेत्र दुवैले सहकार्य गर्नुपर्ने बताए । क्याप्टेन थापाले सरकारले कर्णालीका विमानस्थलहरूमा अलपत्र नागरिकहरूको उद्धारको लागि नेपाल एयरलाइन्स र नेपाली सेनाको जहाज प्रयोग गर्नुपर्ने बताए । उनले कर्णालीमा हवाई उडानको लागि भइरहेको अनियमितता रोक्न अनलाइन टिकटको व्यवस्था गर्ने सहमति भएको पनि जानकारी दिए । 


Advertisment
Nabil box
Kumari

‘कर्णाली प्रदेशमा हवाई उडानसम्बन्धी विद्यमान समस्या समाधान गर्न तथा विमानस्थलमा अलपत्र परेका यात्रुलाई गन्तव्यमा पुर्‍याउने वायुसेवा सञ्चालकहरूसँग भएका हवाई जहाजहरूको उडान सही रुपमा प्रयोग गर्ने निर्णय गरेको छौँ । कर्णालीमा देखिएको स्थानीयस्तरको समस्याको लागि सुरक्षाको विषयमा सुरक्षा संयन्त्रसँग समन्वय गर्ने र विमानस्थलभन्दा बाहिर बसेर हवाई उडानमा केही व्यक्तिले गरेका अनियमितता रोक्न विद्युतीय माध्यमबाट इटिकटको व्यवस्था गर्ने निर्णय भयो’, थापाले भने, ‘विमानस्थलमा अलपत्र परेर बसेका नागरिकहरूलाई तत्काल उद्धार गर्न नेपाल सरकारबाट सञ्चालित नेपाल एयरलाइन्स र नेपाली सेनाका केही जहाज पाउनुपर्‍यो । कर्णालीको मानविय संकट समाधानको लागि सरकार र निजी क्षेत्रको सहकार्यमा गर्ने सहमति भयो । हामीसँग भएका जहाजहरूलाई कर्णालीमा हवाई उडान गर्ने प्रयास गर्छौँ । तत्काल बढी भन्दा बढी एयर क्राफ्टहरूले उडान गरेर डोल्पा, हुम्ला र जुम्लाबाट नेपालगञ्ज वा नजिकको विमानस्थलमा ल्याउने तयारी गरेका छौँ ।’

Vianet communication
Laxmi Bank

कर्णाली प्रदेशका पूर्वआन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले अविरल वर्षाको कारण कर्णाली प्रदेशका हिमाली जिल्लाहरूमा हवाई उडान प्रभावित भएर यात्रुहरू अलपत्र हुँदा मानवीय संकट आउने अवस्था सिर्जना भएको बताए । उनले वर्षको कारण सडक मार्गसमेत अवरुद्ध भइ उडान चाप बढेको बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

कात्तिक २८, २०८०

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...

कात्तिक १७, २०८०

विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...

कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

बैशाख ३, २०८१

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x