१९ असार २०८३, शुक्रबार

एमालेको बृहत् प्रदर्शनमा पाँचसय स्वयम्सेवक

कात्तिक २०, २०७४
एमालेको बृहत् प्रदर्शनमा पाँचसय स्वयम्सेवक


काठमाडौँ, २१ पुस - नेकपा (एमाले) सहितका नौ राजनीतिक दलको आयोजनामा शुक्रबार हुने बृहत् जनप्रदर्शनमा ५०० स्वयम्सेवक परिचालन गरिने भएको छ ।

प्रदर्शनलाई व्यवस्थित बनाउनका लागि ५०० स्वयम्सेवक परिचालन गरिएको एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए ।

एमाले उपाध्यक्ष वामदेव गौतमले आज एमाले पार्टी कार्यालयमा अनुशासित र चनाखो भएर काम गर्न स्वयम्सेवकलाई आज निर्देशन दिए । उनले अभद्र तथा उच्छृङ्खल गतिविधिमाथि निगरानी गर्दै जनप्रदर्शनलाई भव्य र सानदार ढङ्गले सम्पन्न गर्न स्वयम्सेवकलाई आग्रह गरे ।

उनका अनुसार जनप्रदर्शन शुक्रबार अपराह्न १ बजे रत्नपार्कबाट सुरु हुनेछ । जनप्रदर्शन हुनभन्दाअघि उपत्यकाका विभिन्न ४० स्थानबाट जुलुस रत्नपार्क आउनेछन् ।

सचिव भट्टराईका अनुसार एकीकृत जुलुस रत्नपार्कबाट पुरानो बसपार्क, भद्रकाली, सहिदगेट, न्यूरोड गेट, भोटाहिटी, रत्नपार्क, बागबजार, पुतलीसडक हुँदै प्रदर्शनीमार्गमा गएर सभामा परिणत हुनेछ । प्रदर्शनसभालाई नौ राजनीतिक दलका प्रमुखले सम्बोधन गर्ने कार्यक्रम रहेको भट्टराईले जानकारी दिए ।

एमालेसहित नौ राजनीतिक पार्टीले सरकारले व्यवस्थापिका–संसद्मा दर्ता गराएको संविधान संशोधन प्रस्ताव विरुद्ध जनप्रदर्शन गर्ने भएका हुन् ।

salt training

कमेन्ट गर्नुहोस्