२२ असार २०८३, सोमबार

ललितपुरमा १३ सय भन्दा बढी म्यादी प्रहरी

कात्तिक ३, २०७९
ललितपुरमा १३ सय भन्दा बढी म्यादी प्रहरी
फाइल तस्वीर

ललितपुरमा प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि १ हजार ३ सय भन्दा बढी म्यादी प्रहरी परिचालन हुने भएको छ । निर्वाचनको सुरक्षाका लागि १ हजार ३०८ जना म्यादी प्रहरी परिचालन गर्न लागिएको हो । 

ललितपुर जिल्ला प्रहरी कार्यालयका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक यज्ञविनोद पोखरेलका अनुसार अहिले म्यादी प्रहरीहरूलाई तालिम दिने काम भइरहेको छ । ललितपुरका विभिन्न ९ स्थानमा उनीहरूको तालिमको व्यवस्था गरिएको छ । 

१० दिनको तालिम पछि उनीहरुलाई आवश्यक्ताअनुसार मतदान केन्द्रहरूमा परिचालन गरिने पनि जिल्ला प्रहरी कार्यालय ललितपुरले जनाएको छ । वरिष्ठ प्रहरी उपरीक्षक पोखरेलले नियुक्त गरिएका म्याद प्रहरीहरूमध्ये ६०७ जना पुराना म्यादी प्रहरी रहेको बताए । 

सरकारले हरेक निर्वाचनमा सुरक्षाको आवश्यक व्यवस्था मिलाउन म्यादी प्रहरी परिचालन गर्दै आएको छ । पूर्वसुरक्षाकर्मी, पूराना म्यादी प्रहरीहरूलाई प्राथमिकता दिएर म्यादी प्रहरी छनोट गर्ने प्रावधान छ । 

आगामी मंसिर ४ गते प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन हुँदैछ ।

salt training

कमेन्ट गर्नुहोस्