०७ साउन २०८३, बिहीबार

चुनावी चहलपहलसँगै ६१ अर्बले बैंकमा निक्षेप बढ्यो, गत सातामा मात्रै २८ अर्ब थपियो

कात्तिक ४, २०७९
चुनावी चहलपहलसँगै ६१ अर्बले बैंकमा निक्षेप बढ्यो, गत सातामा मात्रै २८ अर्ब थपियो

बैंकिङ प्रणालीमा असोज महिनामा ६१ अर्ब रुपैयाँ निक्षेप थपिएको छ । बैंकर्स संघ नेपालले जारी गरेको असोज मसान्तसम्मको तथ्यांकअनुसार बैंकिङ प्रणालीमा भदौको तुलनामा असोजको एक महिनामा नै उक्त निक्षेप बढेको हो । 

भदौमा बैंकहरूमा ४४ खर्ब ८६ अर्ब रुपैयाँ रहेको निक्षेप असोजमा बढेर ४५ खर्ब ४७ अर्ब रुपैयाँ पुगेको छ । यस्तो निक्षेप पछिल्लो एक सातामा मात्रै २८ अर्ब रुपैयाँ थपिएको छ । असोजको पहिलो १५ दिनसम्म बढ्दै गएको यस्तो निक्षेप तेस्रो साता केही घटेको देखिए पनि चौंथो र पाँचौँ सातामा भने बढेको देखिएको छ । 

यो अवधिमा बैंकहरूको कर्जा लगानी पनि ३० अर्ब रुपैयाँले बढेको छ । भदौ मसान्तमा ४१ अर्ब ९० अर्ब रुपैयाँ रहेको कुल कर्जा लगानी असोजको अन्तिममा ४२ खर्ब २० अर्ब रुपैयाँ पुगेको छ । पछिल्लो समय चुनावी गतिविधि बढेसँगै अर्थतन्त्र चलायमान हुँदा बैंकहरूमा पनि निक्षेप थपिएको देखिएको छ ।  

salt training

कमेन्ट गर्नुहोस्