
नेपाली कांग्रेसले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि पार्टीको संकल्प पत्र सार्वजनिक गर्दैछ ।
प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाबाट कांग्रेसको संकल्प पत्र आज साँझ ५ बजे कांग्रेस केन्द्रीय कार्यालयमा सार्वजनिक गर्ने कार्यक्रम रहेको पार्टी कार्यालयले जनाएको छ ।