११ साउन २०८३, सोमबार

लिग लिडर आर्सनलको बराबरी

कात्तिक ७, २०७९
लिग लिडर आर्सनलको बराबरी

इङ्लिस प्रिमियर लिगको लिग लिडर आर्सनलले बराबरीमा रोकिएको छ ।

आईतबार राति भएको खेलमा आर्सनलले साउथह्याम्टनसँग १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको हो ।

तालिकाको पुछारमा रहेको टोलीसँग बराबरी खेल्दै लिग लिडर आर्सनलले अंक गुमाएको छ ।

पछिल्लो नतिजाले आर्सनलले दोस्रो स्थानको म्यानचेस्टर सिटीसँग अझै दुई अंकको स्पष्ट अंक दुरी कायम राखेको छ ।

आर्सनलको २८ र सिटीको २६ अंक छ । साउथह्याम्टन १२ अंक जोड्दै तालिकाको १५ औं स्थानमा उक्लिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्