×

NMB BANK
NIC ASIA

प्रतिनिधिसभा निर्वाचन

कपिलवस्तु- २ मा पूर्वमन्त्रीहरूको रोचक प्रतिस्पर्धा: पाँचौपटक संसद् छिर्लान् वृजेश ?

कात्तिक ८, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

निवर्तमान प्रतिनिधिसभा सदस्य वृजेशकुमार गुप्ताले कपिलवस्तु– २ लाई आफ्नो विरासत बोकेको निर्वाचन क्षेत्र मान्छन् ।

Muktinath Bank

जिल्ला सदरमुकाम तौलिहवा समेत पर्ने यो क्षेत्रबाट उनले लगातार ४ पटक निर्वाचन जितेका छन् । हरेकपटकको निर्वाचनमा पार्टी फेर्दै चुनाव लड्दै आएका पूर्वमन्त्री गुप्ता योपटक एमालेबाट यही क्षेत्रमा उम्मेदवार छन् । गुप्ता राजनीतिमा लागेपछि पछाडि फर्केर हेर्नुपरेको छैन । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

२०५६ देखि संसद् यात्रा शुरू गरेका गुप्ताका मुख्य प्रतिस्पर्धी यसपटक पनि कांग्रेस उम्मेदवार सुरेन्द्रराज आचार्य छन् ।


Advertisment
Nabil box
Kumari

आचार्यसँगै पूर्व कृषि तथा सहकारीमन्त्री अकवाल अहमद शाह पनि चुनावी प्रतिस्पर्धामा छन् । शाह लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का उम्मेदवार हुन् । यहाँ अहिले तीन पूर्वमन्त्रीहरू, गुप्ता, आचार्य र शाहबीच रोचक प्रतिस्पर्धा हुने देखिन्छ । कांग्रेस नेता तथा गठबन्धनका उम्मेदवार आचार्य पूर्व सिञ्चाइ राज्यमन्त्री हुन । 

Vianet communication
Laxmi Bank

२०५६ मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट राजनीतिक यात्रा शुरू गरेका गुप्ताले तराई मधेश लोकतान्त्रिक पार्टी (तमलोपा) हुँदै अघिल्लो निर्वाचनमा स्वतन्त्र राजनीतिक समूहबाट चुनाव जितेका थिए । २०६४ र २०७० का दुई संविधानसभा निर्वाचन गुप्ताले तराई मधेश लोकतान्त्रिक पार्टी (तमलोपा)बाट जिते । 

एमालेका साथमा हृदयेश त्रिपाठीको स्वतन्त्र समूहबाट २०७४ सालमा पनि गुप्ता निर्वाचित भएका थिए । २०७४ मा गुप्तासँग ३ हजार ५८१ मतले पराजित भएका आचार्यले यो पटक चुनाव आफूले जित्ने दाबी गर्छन् । गुप्ताले ३५ हजार १२७ मत ल्याउँदा प्रतिद्वन्द्वी आचार्यले ३१ हजार ५ सय ६६ मत पाएका थिए । 

उनी २०७० को दोस्रो संविधानसभाको सदस्य पदमा निर्वाचित भई तीन महिना सिञ्चाइ राज्यमन्त्री बनेका थिए । दुई कार्यकाल कांग्रेस पार्टीको जिल्ला सभापति भएका आचार्य हाल प्रदेशका महामन्त्री छन् । 

डा.बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा उनी २५ दिन कृषिमन्त्री भएका थिए । समानुपातिकबाट संविधानसभा सदस्य भएका शाह, गुप्ता र आचार्यबीचको त्रिपक्षीय प्रतिस्पर्धा कपिलवस्तु– २ मा रोचक हुने देखिन्छ ।  

कांग्रेस कपिलवस्तुका सभापति अब्दुल कलामले योपटक क्षेत्र नम्बर २ मा कांग्रेसका उम्मेदवारले वृजेशलाई ‘ब्रेक’ लगाउने दाबी गरे ।

‘वृजेशले ४ पटक सांसद र मन्त्री हुँदा जिल्लामा त के आफ्नो क्षेत्रमा समेत एउटा पनि काम गर्न सकेनन्,’ कलामले लोकान्तरसँग भने, ‘अहिले हामी यहाँ धेरै बलियो छौं । यो पटक वृजेशले जित्न सजिलो छैन ।’ 

कलामले थपे, ‘वृजेशले भोटको मात्र राजनीति गरे । विकासको सिन्को समेत भाँचेनन् ।’

त्रिपक्षीय भनिए पनि यहाँ गुप्ता र आचार्यबीच नै टक्टर हुने देखिन्छ । स्थानीय तहको मत हेर्दा ९३ मतले गुप्ता अगाडि देखिन्छन् । 

यहाँ कांग्रेस, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीको मत ३६ हजार १४८ छ भने एमाले, जनता समाजवादी पार्टी (जसपा), राप्रपाको मत ३६ हजार २४१ छ ।

देशभर कांग्रेस सहितको गठबन्धन भए पनि यहाँ कांग्रेस र लोसपाबीच मित्रवत प्रतिस्पर्धा छ । 

पालिका निर्वाचनमा वडा अध्यक्षले पाएको दलगत मत हेर्दा कांग्रेसको ३० हजार ९९८, एमालेको २७ हजार २९८, जसपाको ६ हजार ९०८, लोसपाको ६ हजार ३८६, माओवादी केन्द्रको ४ हजार ४५९, राप्रपाको २ हजार ३५ र नेकपा एसको ६९१ मत रहेको देखिन्छ । 

२०७० सालसम्म कपिलवस्तुमा प्रतिनिधिसभातर्फ ५ निर्वाचन क्षेत्र थिए । शाह यो पटक जनताले २५ वर्षदेखि एउटै व्यक्तिले ओगट्दै आएको क्षेत्रमा परिवर्तन चाहेको बताउँछन्  ।

‘पदमा बस्ने काम गर्ने नेतालाई परिवर्तन चाहेका छन्,’ शाहले लोकान्तरसँग भने, ‘मेरो लोकप्रियता र स्वच्छ र निष्पक्ष कार्यशैली जनताले रुचाएका छन् । परिवर्तन र नयाँ पुस्ताको बाटो खोल्न चाहन्छु । त्यो कुरा जनताले बुझेका छन् । जिल्लाको विकासमा मेरो योगदान धेरै छ ।’

शाहले एमाले, जसपा र राप्रपा तथा कांग्रेस, माओवादी र नेकपा एसको गठबन्धनलाई निकम्माको आरोप लगाए ।

लोसपाको केन्द्रीय कार्यकारी सदस्य समेत रहेका शाह २०७४ मा तत्कालीन राजपाबाट समानुपातिकमा थिए । तर, उनी सांसदमा पर्न सकेनन् । २०५६ मा राप्रपा र २०५१ मा एमालेबाट उम्मेदवार भए पनि पराजित भएका थिए । 

यता एमाले उम्मेदवार गुप्ता पाँचौंपटक जीतको प्रतिक्षामा छन् । 

एमाले कपिलवस्तुका अध्यक्ष डम्बर शर्माले वृजेशको जीतको यात्रा निरन्तर जारी रहने दाबी गरे ।

‘कांग्रेस र एमाले यो क्षेत्रमा शक्ति हाराहारीजस्तै छ,’ अध्यक्ष शर्माले लोकान्तरसँग भने, ‘त्यसमाथि वृजेशजीको व्यक्तिगत प्रभाव धेरै राम्रो छ । अनि जसपा र राप्रपा गर्दा हामी धेरै मतका साथ जित्छौं ।’

शर्माले थपे, ‘हिजो नै निवर्तमान प्रदेश सांसद तथा राष्ट्रिय सभा सदस्य दीर्घनारायण पाण्डे पनि एमालेमा भित्रिनुभएको छ । जिल्लाका तीनवटै क्षेत्र जित्ने अपेक्षासहित अगाडि बढेका छौं ।’

कपिलवस्तु– २ मा अहिलेसम्म वृजेशको एकछत्र पकड जस्तै देखिन्छ । एमाले नेता गुप्ता कहिले स्वतन्त्र त कहिले दल परिवर्तन गर्दै चुनाव जित्दै आएका छन् । चुनाव जितेपछि उनी जनताको सेवामा पनि खटिने शर्माको भनाइ छ । आफूकहाँ जायज समस्या लिएर आउने जो कोही जिल्लाबासीका समस्या, मागलाई सहजरूपमा पूरा गर्ने उनको विशेषताका कारण सबैले मन पराउने गरेको दाबी उनले गरे ।

जनताको चाहना बुझ्न सक्ने खुबी आफूसँग रहेको गुप्ताको भनाइ छ । 

नेपाल विद्युत् प्राधिकरणमा इलेक्ट्रिकल इन्जिनियरको जागिर छाडेर एकाएक राजनीतिमा होमिएका गुप्ताले असफलता भोग्नुपरेको छैन । 

उनले विद्यार्थी राजनीति कहिल्यै गरेनन्, सिधै संसदीय निर्वाचनमा होमिए  । तर, उनको परिवारले राजनीति संस्कार बुझेको थियो । उनका बुवा भगवानदास गुप्ता समाजसेवासँगै राजनीतिमा पनि जोडिएका थिए । 

कपिलवस्तुमा अहिले ३ वटा निर्वाचन क्षेत्र रहेका छन् । कपिलवस्तु २ मा ३४ वटा वडाहरू पर्छन् ।

कपिलवस्तु नगरपालिकाका ८, यशोधरा गाउँपालिकाका ७, महाराजगञ्ज नगरपालिकाका ८ र बुद्धभूमि नगरपालिका १० वटा यस क्षेत्रमा समेटिएका छन् । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x