०३ असार २०८३, बुधबार

प्राधिकरणले सोध्यो ‘वायुसेवा निगमलाई २४ घण्टे स्पष्टीकरण’

कात्तिक १४, २०७९
प्राधिकरणले सोध्यो ‘वायुसेवा निगमलाई २४ घण्टे स्पष्टीकरण’

उडान तालिका स्वीकृत नगराई यात्रुलाई बोर्डिङ पास दिएको भन्दै नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) लाई २४ घण्टे स्पष्टीकरण सोधेको छ ।

प्राधिकरणले आज प्रेस विज्ञप्ति जारी गर्दै उडान स्वीकृत नभई बोर्डिङ पास दिएर विमानस्थलको सुरक्षामा गम्भीर असर परेकोप्रति चासो जनाउँदै निगमलाई स्पष्टीकरण सोधेको हो ।

निगमका प्रवक्ता जगन्नाथ निरौलाले निगमको लापर्बाहीले यात्रुलाई दुःख दिएको घटनाप्रति जवाफ मागेर स्पष्टीकरण सोधिएको बताए । अनुमतिबिना नै यात्रुलाई बोर्डिङ पास दिएर अलपत्र पार्ने निगमलाई २४ घण्टाभित्र के कारणले उडान गर्न खोजिएको हो भन्ने विषयमा जवाफ मागिएको छ । प्रवक्ता निरौलाले प्राधिकरणले कुनै पनि उडानको टिकट बिक्री–वितरण नगर्न÷नगराउन तथा प्राधिकरणबाट उडान अनुमति प्राप्त गरेको उडान मात्र सञ्चालन गर्न÷गराउन वायुसेवा कम्पनीलाई निर्देशन दिएको बताए ।


 

salt training

कमेन्ट गर्नुहोस्