०३ असार २०८३, बुधबार

मुख छाडेर बोलेको विषयमा विवाद हुँदा खुकुरी प्रहार गरी हत्या, १ जना पक्राउ

कात्तिक १५, २०७९
मुख छाडेर बोलेको विषयमा विवाद हुँदा खुकुरी प्रहार गरी हत्या, १ जना पक्राउ

ललितपुर महानगरपालिका–२७ सुनाकोठीस्थित टीका महर्जनको जस्ताको टहरा भाडामा लिई बस्ने खोटाङको साकेला गाउँपालिका–१ घर भएका ३८ वर्षीय रामचन्द्र राईमाथि धारिलो हतियार खुकुरी प्रहार गरी हत्या गरिएको छ ।

सोमवार साँझ साढे ७ बजेतिर मुख छाडेर बोलेको विषयमा विवाद हुँदा हत्या गरिएको प्रहरीले जनाएको छ ।

घटनामा संलग्न भएका ४१ वर्षीय राजेन्द्र राईलाई प्रहरीले पक्राउ गरेको छ । शव पोस्टमार्टमका लागि पाटन अस्पताल पठाइएको छ । 

श्रीमती समेतलाई मुख छाडेर बोलेको विषयलाई लिएर वादविवाद हुँदा आवेगमा आई धारिलो हतियार खुकुरीले टाउको, अनुहार र बायाँ हातमा प्रहार गरी हत्या गरेको प्रारम्भिक बयान आरोपीले दिएको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्