३० असार २०८३, मंगलबार

आमा बनिन् अभिनेत्री श्वेता खड्का

कात्तिक १५, २०७९
आमा बनिन् अभिनेत्री श्वेता खड्का

अभिनेत्री श्वेता खड्का आमा बनेकी छन् । उनलाई पुत्रीलाभ भएको हो । मंगलवार अपरान्ह राजधानीको ग्रान्डी सिटी अस्पतालमा श्वेताले पहिलो सन्तानका रुपमा छोरीलाई जन्म दिएकी हुन् । 

उनीनिकट सञ्चारकर्मी उत्सव रसाईलीले खबरको पुष्टि गर्दै श्वेतालाई बधाइ दिएका छन् । दुई वर्षअघि धनगढीका विजयेन्द्र सिंह रावतसँग श्वेताले प्रेम विवाह गरेकी थिइन् । चार वर्षअघि प्रदर्शनमा आएको ‘कान्छी’पछि श्वेता अन्य चलचित्रमा देखिएकी छैनन् ।
 

salt training

कमेन्ट गर्नुहोस्