×

NMB BANK
NIC ASIA

प्रतिनिधिसभा निर्वाचन

घनश्याम–छविलाल प्रतिस्पर्धा : पूर्व सहकर्मीबीच रोचक रस्साकस्सी

कात्तिक १६, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

नेकपा एमालेका सचिव छविलाल विश्वकर्मा र स्थायी कमिटी सदस्य घनश्याम भुसाल केही समय अघिसम्म सहकर्मी थिए । 

Muktinath Bank

तत्कालीन नेकपा र त्यसपछि एमालेमा चर्किएको अन्तरविरोधमा विश्वकर्मा अध्यक्ष केपी शर्मा ओली र भुसाल वरिष्ठ नेता माधव नेपालसँगको कित्तामा रहे । माधव नेपाल पार्टी विभाजन गरेर एकीकृत समाजवादीको अध्यक्ष बने पनि भुसाल उनीसँग गएनन्, एमालेमै रहे ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

तर, पछिल्लो समय टिकट वितरणमा अन्याय भएको भन्दै भुसाल एमालेबाट अलग भएका छन् । एमालेमा लामोसमय सँगै काम गरेका दुई सहयात्री अहिले एकअर्काका प्रतिद्वन्द्वी भएर उभिएका छन् ।


Advertisment
Nabil box
Kumari

यी दुई नेता ४ मंसिरमा हुने प्रतिनिधिसभा/प्रदेशसभा निर्वाचनमा रूपन्देही– १ बाट चुनावी प्रतिस्पर्धामा उत्रिएका हुन् । विश्वकर्मा र भुसालमध्ये एकले जित्दा अर्कोले हार्नेछन् ।

Vianet communication
Laxmi Bank

एमाले छाडेर सत्तारूढ कांग्रेस–माओवादी गठबन्धनको साथमा स्वतन्त्र उम्मेदवार बनेका भुसाल मार्क्सवादी अध्येता र बौद्धिक नेताको रूपमा चिनिन्छन् । विश्वकर्मा भने नम्र र मिजासिलो बोली तथा व्यवहारले परिचित छन् । नेता भुसालले एमाले परित्याग गर्नुअगाडि दुवै नेता यही क्षेत्रबाट उम्मेदवारमा सिफारिश भएका थिए । 

२०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा रूपन्देही– १ बाट माओवादी केन्द्रका घनश्याम यादवले चुनाव जितेका थिए । २०७० को दोस्रो संविधानसभा निर्वाचनमा कांग्रेस केन्द्रीय सदस्य तथा पूर्व राज्यमन्त्री अब्दुल रज्जाकले चुनाव जिते । त्यसबेला रज्जाकका निकटतम प्रतिद्वन्द्वी विश्वकर्मा झिनो मतले पराजित भएका थिए । 

२०७४ मा वाम गठबन्धनबाट एमालेका विश्वकर्मा विजयी हुँदा कांग्रेस रज्जाक पराजित भए । भुसालले पनि यही क्षेत्रबाट २०५१ को मध्यावधि निर्वाचनमा जित निकालेका थिए । संगठनात्मक अवस्था हेर्दा पूर्वमन्त्रीद्वय विश्वकर्मा र भुसालको कडा प्रतिस्पर्धा हुने देखिन्छ । भुसाल एमालेमा रहँदा यही क्षेत्रमा संगठन निर्माणको काममा खटिएका थिए । 

व्यक्तिगत र सांगठनिक प्रभावभन्दा गठबन्धनको बलमा भुसाल चुनावी मैदानमा खटिरहेका छन् । सांगठनिकरूपमा पकड भएको एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र जनता समाजवादी पार्टी (जसपा)को बलियो साथमा चुनावी मैदानमा उत्रिएका विश्वकर्मा आफ्नो मत जोगाउने रणनीतिमा लागेका छन् । दुई पूर्व सहकर्मी भिड्दा रुपन्देही १ को चुनावी रौनक बढेको छ ।

एमालेका लुम्बिनी प्रदेश इञ्चार्ज समेत रहेका विश्वकर्माले तीन पार्टीको शक्तिको आधारमा आफू भारी मतका साथ जीत निकाल्ने दाबी गरे ।

‘यहाँ एमाले आफैँमा बलियो छ । त्यसमाथि राप्रपा र जसपाको बलियो संगठनले हामी १२ हजार मतले अगाडि छौं । हाम्रो जीत सुनिश्चित जस्तै छ,’ विश्वकर्माले भने । 

तेस्रोपटक चुनावी मैदानमा उत्रिएका विश्वकर्मा यो क्षेत्रका परिचित अनुहार हुन् । २०७४ मा विश्वकर्माले नेपाली कांग्रेसका अब्दुल रज्जाकलाई पराजित गरेका थिए ।

विश्वकर्मा ३४ हजार ७५२ मत ल्याएर निर्वाचित हुँदा रज्जाकले २६ हजार ८८५ मत मात्रै पाएका थिए । त्यसबेला विश्वकर्मालाई माओवादी केन्द्रको साथ थियो । 

रज्जाकले अहिले प्रदेशसभा सदस्यका लागि उम्मेदवारी दिएका छन् । यो क्षेत्रमा एमाले राप्रपा गठबन्धनबाट १ (१) मा राप्रपाका आशिषकुमार चौधरी र १ (२) मा एमालेका दधिराम न्यौपाने उम्मेदवार छन् । न्यौपाने माओवादी छाडेर एमाले प्रवेश गरी प्रदेशसभा सदस्यको उम्मेदवार भएका हुन् । न्यौपाने यसअघि पनि यही क्षेत्रबाट निर्वाचित भएका थिए ।

त्रिभुज चुनाव चिह्न लिएका भुसालका लागि यो संगठन विस्तार गरेको क्षेत्र हो । २०७४ मा रूपन्देही– ३ बाट सांसद भएका कारण धेरै मतदाताबीच उनी यहाँ नयाँ पहिचान बनाउँदै छन् । तर, गठबन्धनको साथले उनीलाई सहज हुने उनी निकट नेताहरूको भनाइ छ । पूर्वनेता भएका कारण एमालेकै केही र स्वतन्त्र पक्षधरका केही मत समेत भुसालले आफ्नो पक्षमा तान्न सक्ने सम्भावना छ । 

केही नेता/कार्यकर्तासहित रोहिणी गाउँपालिकाका पूर्वअध्यक्षलगायत नेता एमाले छाडेर घनश्यामको समर्थनमा लागेका छन् । एमाले देवदह नगर कमिटी अध्यक्ष तथा २०७४ मा मेयरका उम्मेदवार टीकाराम चापागाईंले पनि पार्टी परित्याग गरेर स्वतन्त्र उम्मेदवारी दिएका छन । चापागाईंले पनि एमालेको केही मत आफूतिर तान्ने देखिन्छ, जसको फाइदा गठबन्धनको साथ पाएका भुसाललाई हुन सक्ने देखिन्छ । 

३० वैशाखको पालिका निर्वाचनमा दलहरूले पाएको मतलाई आधार मान्दा एमाले नेतृत्वको गठबन्धन अगाडि छ ।

स्थानीय तहको निर्वाचनमा यस क्षेत्रका वडाध्यक्षको मत गणना गर्दा, एमाले, राप्रपा र जसपाको जम्मा मत ५१ हजार ६४५ देखिन्छ । यता कांग्रेस, माओवादी, नेकपा एस, लोसपा र राष्ट्रिय जनमोर्चाले जम्मा ३८ हजार ३१ मत ल्याएका थिए ।

एमाले नगर इञ्चार्ज यम रानाले मतभारका हिसाबले विश्वकर्मा धेरै बलियो रहेको र जीत सुनिश्चित हुने दाबी गरे ।

रुपन्देही– १ मा देवदह नगरपालिका, तिलोत्तमा नगरपालिकाका ७, ८, ९, १०, ११, १२, १५, १६ र १७ नम्बर वडा, ओमसोतिया र रोहिणी गाउँपालिका पर्छन् । 

स्थानीय तहको निर्वाचनमा वडाध्यक्षहरूले पाएको मतका आधारमा कांग्रेसको सबैभन्दा धेरै ३२ हजार ९९९ मत छ । एमालेले ३० हजार ३०९, राप्रपाले १४ हजार ५५२, जसपाले ६ हजार ६९५, माओवादीले ४ हजार २०२, नेकपा एसले १ हजार २४३ र लोसपाले ३२५ मत ल्याएका थिए । सत्ता गठबन्धनमा माओवादी केन्द्रको भागमा परेको यो क्षेत्रमा भुसाललाई समर्थन गरेपछि माओवादीभित्रै पनि असन्तुष्टि बढेको छ । 

युवा नेता लेखनाथ न्यौपाने, मकसुद अली, शिव धवललगायत आकांक्षी थिए । भुसाल कांग्रेस, माओवादीसहित गठबन्धनको पूर्ण साथ आफूलाई रहेको दाबी गर्छन् । भुसालले गठबन्धन र आफ्ना चुनावी एजेन्डा नै जीतको आधार रहेको बताए । शिक्षा, स्वास्थ्य, सुशासन र रोजगारी लगायतका एजेन्डा भुसालले अगाडि सारेका छन् । 

विश्वकर्मा पक्षधर नेताहरू भने टिकट नपाएपछि पार्टी छाड्ने र सत्ता गठबन्धनको उम्मेदवार बन्ने कुराले भुसालको पक्षमा मतदाता नलाग्ने टिप्पणी गर्छन् । सिद्धान्त र विचारका विज्ञ व्यक्ति टिकट नपाउँदैमा पार्टी त्यागेर स्वतन्त्र उम्मेदवारी दिन गलत भएको उनीहरूको तर्क छ ।

टिकटको होडमा एउटै दलमा सहयात्रा गरेका र पटक–पटक मन्त्री बनेका नेता प्रतिस्पर्धीका रूपमा चुनावी मैदानमा आएपछि सर्वसाधारण मतदाता भने अन्योलमा छन् । यो क्षेत्रमा गठबन्धनले प्रदेशसभा १ (१) मा विश्वनाथ यादव र १ (२) मा अब्दुल रज्जाक उम्मेदवार बनाएको छ । दुवै प्रदेशसभाका उम्मेदवार कांग्रेसका हुन् । कांग्रेस क्षेत्रीय सभापति हिरा खत्री भुसाललाई गठबन्धनले सहज रूपमा भोट मागेको बताउँछन् । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x