२७ जेठ २०८३, बुधबार

देउवालाई स्वागत गर्न फूलमाला लिएर पुगे प्रतिस्पर्धी सागर ढकाल

कात्तिक १७, २०७९
देउवालाई स्वागत गर्न फूलमाला लिएर पुगे प्रतिस्पर्धी सागर ढकाल

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग चुनावी प्रतिष्पर्धामा उत्रिएका स्वतन्त्र उम्मेदवार सागर ढकाल देउवाको स्वागत गर्न फूलमाला लिएर पुगेका छन् । 

आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य पदमा प्रतिष्पर्धा गर्न लागेका आफ्ना प्रतिष्पर्धी देउवा गृह जिल्ला पुग्दा ढकाल उनको स्वागतका लागि बागबजार पुगेका हुन् । चुनावी प्रचारका लागि बिहीवार गृहजिल्ला डडेलधुरा पुगेका देउवालाई स्वागत गर्न ढकाल गठबन्धनका कार्यकर्ताहरूसँगै लामबद्ध भएर उभिएका थिए । ​

देउवा सत्तारुढ गठबन्धनको तर्फबाट उम्मेदवार बनेका छन् भने ढकालले स्वतन्त्र उम्मेदवारी दिएका छन् । राजनीतिमा पुस्तान्तरणको मुद्दा लिएर चुनावी प्रतिष्पर्धामा उत्रिएका उनी करिब ४ महिना यता जिल्लामै बसेर प्रचार अभियान चलाइरहेका छन् । 

salt training

कमेन्ट गर्नुहोस्