
मोरङको ६ नम्बर निर्वाचन क्षेत्रमा बहुजन शक्ति पार्टीका उम्मेदवार नारायण पासवानले उम्मेदवारी फिर्ता लिँदै नेपाली कांग्रेसका उम्मेदवार डा. शेखर कोइरालालाई समर्थन गरेका छन् ।
शुक्रवार विज्ञप्ति जारी गर्दै पार्टीका जिल्ला अध्यक्ष समेत रहेका पासवानले डा. कोइरालालाई विजयी गराउन सक्रिय भएर लाग्न सबैमा आह्वान गरेका छन् ।
विज्ञप्तिमा उल्लेख छ, ‘नेपालको लोकतान्त्रिक आन्दोलनको इतिहास बोकेको पार्टी नेपाली कांग्रेसलाई मोरङ बहुजन शक्ति पार्टीले समर्थन गर्न पाउँदा हामी गौरवान्वित भएका छौं ।’
