२९ असार २०८३, सोमबार

प्रधानमन्त्रीनिवास अगाडिको निषेधित क्षेत्रमा निहारिकाले फ्याँकिन सल

कात्तिक १८, २०७९
प्रधानमन्त्रीनिवास अगाडिको निषेधित क्षेत्रमा निहारिकाले फ्याँकिन सल
फाइल तस्वीर

न्यायको लागि संघर्ष गरिरहेका बताउने ‘कुमारी आमा’ निहारिका राजपूतले शुक्रवार प्रधानमन्त्री निवास बालुवाटारको निषेधित क्षेत्रमा प्रदर्शनको प्रयास गरेकी छन् । काखमा बच्चासमेत लिएर पुगेकी उनले निषेधित क्षेत्रमा प्रदर्शनको प्रयास गरेकी हुन् । 

यद्यपि, प्रहरीले उनलाई नियन्त्रणमा लिएको छ । मोटरसाइकलमा लिफ्ट लिएर बालुवाटार पुगेकी उनले राज्यको अभिभावक प्रधानमन्त्री भएकाले आफू न्याय माग्न आएको बताएकी थिइन् । तर, सुरक्षार्थ खटिएको प्रहरीले उनलाई त्यस क्षेत्रमा प्रदर्शन गर्न नपाउने बताउँदै रोक लगाएको थियो । प्रहरीसँग केहीबेर सवालजवाफ गरेकी उनले घाँटीमा लगाइरहेको सल फ्याँकेकी थिइन् । 

निहारिकाले आफू न्याय माग्न राज्यको अभिभावकसामु आएको बताइन् । त्यसपछि प्रहरीले उनलाई त्यहाँ प्रदर्शन गर्न नपाइने भन्दै भाटभटेनीतिर जान आग्रह गरे । तर, निहारिकाले मानिनन् । त्यसपछि प्रहरीले बच्चासहित उनलाई नियन्त्रणमा लिएको थियो । 

उनले आफ्नो मुद्दाको पेशी चाँडो तोक्नुपर्ने, आफ्नो बच्चो डीएनए रिपोर्ट सार्वजनिक गर्नुपर्ने माग गरिन् ।  

उनले यसअघि राष्ट्रपति कार्यालय शितल निवास अगाडि पनि आत्मदाहको प्रयास गरेकी थिइन् । निहारिकाले आफूलाई बलात्कार गरेपछि बच्चा जन्मिएको जिकिर गर्दै कानूनी उपचारका लागि संघर्ष गरिरहेकी छन् । 

salt training

कमेन्ट गर्नुहोस्